८५ परिवारलाई विराटनगर सेन्ट्रल राउन्ड टेबल–१५ को खाद्यान्न सहयोग

90SHARES

२१ जेष्ठ, विराटनगर । कोभिड महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका स्थानीयलाई राउन्ड टेबल नेपाल, विराटनगर सेन्ट्रल राउन्ड टेबल–१५ले सहयोग गरेको छ ।

तिनटोलिया समाजमार्फत राउन्ड टेबलले ८५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएर सहयोग गरेको हो ।

राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल–१५ ले ५० परिवारका लागि र म्याजिक चप्पलले यस अभियानमा सहकार्य गर्दै थप ३५ परिवारलाई पुग्ने गरि अत्यावश्क खाद्यान्नको सेट तिनटोलिया समाजलाई उपलब्ध गराएको छ ।

विराटनगर राउन्ड टेबल १५ का अध्यक्ष कपिल अग्रवालले अन्य सदस्यको उपस्थितिमा तिनटोलिया समाजका अध्यक्ष डिगेन्द्र राउतलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

प्रत्येक परिवारलाई दिईने खाद्यान्न सेटमा चामल, दाल, भुजा, आलु, तेल र नुन समावेश गरिएको छ । यसका साथै विराटनगर सेन्ट्रल राउन्ड टेबल–१५ ले विराटनगर वडा नम्बर १० मा समेत १५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण