Nepal Times
Nepal Times
3
Shares

अंग्रेजी डिबेटमा बिकेभिएम अब्बल

अंग्रेजी डिबेटमा बिकेभिएम अब्बल

१० माघ, विराटनगर ।
रोटेरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको अन्तर विद्यालय अंग्रेजी डिबेट प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले हात पारेको छ ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी सो प्रतियोगितामा ८ विद्यालय मध्यबाट बेष्ट स्पिकरको उपाधि बिकेभिएमकी सुमिका निरौलाले जितेकी हुन् । त्यसैगरी डिएभी स्कुल विराटनगरका नारायण अग्रवालले दोस्रो स्थान हात पारे भने पोखरिया मावि विराटनगरका आदित्य शर्माले तेस्रो स्थान हात पार्न सफल भएका छन । प्रतियोगितामा डिएभीका जियाकुमारी उत्कृष्ट खण्डनकर्ता स्पिर घोषित भईन् ।

कार्यक्रममा प्राध्यापक डा.सन्देशदास श्रेष्ठ, ज्योति कोठारी र वक्ता बैभव नहाटाले निर्णायकको भुमिका निर्वाह गरेका थिए । रचित तापरियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटेरियन सन्तोष जैनले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा विराटनगको डिएभी स्कुल , डिपिएस स्कुल , बिकेभिएम स्कुल , पोखरिया मा.वि., अरनिको स्कुल , बुढानिलकण्ठ स्कुल , कोशी विद्या मन्दिर , सेन्ट जोसेफ स्कुलले भाग लिएको रोटेरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटरियन अर्चना तापरियाले बताइन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.