Nepal Times
Nepal Times
3
Shares

अंपुन चक्रवात कमजोर बन्दै, पूर्वमा आज दिनभर मौसम बद्ली भई पानी पर्ने सम्भावना

अंपुन चक्रवात कमजोर बन्दै, पूर्वमा आज दिनभर मौसम बद्ली भई पानी पर्ने सम्भावना

जेष्ठ ८, काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली अंपुन चक्रवातको प्रभाव नेपालमा देखिइ रहेको छ ।

अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

उनका अनुसार पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई पानी पर्ने सम्भावना छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताए ।

अहिले मध्य क्षेत्रको मौसम सामान्य बद्ली भए पनि रातिदेखि बिस्तारै मौसम खुल्दै जाने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.