×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अकूत सम्पत्ति कमाउनेमाथि छानबिन गर्न माग

२४ बैशाख २०७५

काठमाडौँ, २४ वैशाख ः राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाउन गरेको प्रयासलाई सकारात्मक रुपमा लिँदै अन्य क्षेत्रमा समेत पहल गर्न आग्रह गरेका छन् ।

उनीहरुले यातायात क्षेत्रमा लामो समयदेखि जकडिएको एकाधिकार अन्त्य गरेर जनतालाई सहज रुपमा सेवा दिन गरेको प्रयास सराहनीय रहेको भन्दै सो क्षेत्रमा रहेको लगानीको सुरक्षित व्यवस्थापन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रामनारायण बिँडारीले यातायात क्षेत्रमा कुनै पनि प्रकारको एकाधिकार कायम हुन नहुने, एकाधिकारको नाममा अकूत सम्पत्ति कमाउनेको छानविन गर्न समिति गठन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार अन्त्य गरेको छ । यातायात समितिका नाममा अर्बौं रकम उठेको छ । त्यसको उचित व्यवस्थापन गर्नु पर्छ । सो रकम राज्यको नाममा कसरी ल्याउने भन्नेतर्फ उचित कदम चालिनु पर्छ ।”

सीमा क्षेत्रको समस्या समाधान गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा धारणा राख्दै सांसद हरिराम चौधरीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणलगायत विषयमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा स्पष्टसँग कुरा राख्न आग्रह गरे ।

“भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरियोस्”, उनले भने।

यस्तै सांसद इन्दु कडरियाले नेपाल–भारत सीमा क्षेत्र व्यवस्थित गर्न आग्रह गरिन् । उनले सीमा क्षेत्रमा सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसद अनिता देवकोटाले पुनर्र्वास क्षेत्रमा भारतीय पक्षले सीमा अतिक्रमण गरेर नेपालीलाई दुःख दिएको भन्दै समस्या समाधानका लागि आग्रह गरिन् ।

सांसदहरु रामप्रित पासवान, खेमराज नेपाली, शिवबहादुर विकलगायतले लामो समयदेखि देशका विभिन्न स्थानमा जातीय छुवाछूत जारी रहेको भन्दै त्यस्तो कार्यमा संलग्नमाथि कानूनी कारवाही गर्न माग गरे । उनीहरुले संविधानमा नै जातीय भेदभावविरुद्ध प्रष्ट व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने र दोषीमाथि कारवाही गर्नुपर्ने बताए ।

यस्तै सांसद बृजेशचन्द्र लालले बाढीपीडितले विगतमा उचित क्षतिपूर्ति नपाएकाले वर्षा लाग्नुअगावै सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद कालीबहादुर मल्लले हालै मुलुकका विभिन्न स्थानमा भएको वर्षा, असिनापानी र आगलागीका कारण बालीनाली र धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरे।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top