Nepal Times
Nepal Times
3
Shares

अक्सिजनको मात्रा कम देखिएपछि कोमल शाह आईसीयूमा

अक्सिजनको मात्रा कम देखिएपछि कोमल शाह आईसीयूमा

१६ वैशाख, काठमाडौं ।
कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई आईसीयूमा सारिएको छ ।

शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको अस्पतालले जनाएको छ ।

‘शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले शाहलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.