Nepal Times
Nepal Times
3
Shares

‘अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा’

‘अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा’

२ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको बताएका छन् ।

उनले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएका छन् । हिजो बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै उनले त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् । । प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोरोना नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले सरकार अभिभावक भएकाले समस्याका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने र त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।

विज्ञहरुको परामर्शका आधारमा सरकारले कार्ययोजना बनाई अगाडि बढ्ने र नागरिकको जिउधनको रक्षामा सरकारले कुनै कसर बाँकी नराखी आफ्नो संयन्त्र परिचालन गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.