Nepal Times
Nepal Times
3
Shares

अझै हटेन टिङ्करका बासिन्दाकाे दुःख, व्यासबासीका लागि सीमा पुल खुल्दा सयौँको भीड

अझै हटेन टिङ्करका बासिन्दाकाे दुःख, व्यासबासीका लागि सीमा पुल खुल्दा सयौँको भीड

दार्चुला: व्यासी सौका समुदायका लागि खुलेको नेपाल–भारत जोड्ने खलंगा झोलुगें पुलबाट सयौँले आवतजावत गरेका छन् । व्यासको सीतापुल नाका खोलेर मङ्सिर ३ गते भारतीय बाटो हुँदै धारचुला झरेका ६० परिवार तिङ्करबासीलाई खलंगा ल्याउनका लागि सोमबार बिहान ९ देखि बेलुकी ५ बजेसम्म खलंगा सीमा पुल खुलेको हो ।

व्यासबासीले स्वदेशकै बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्न दिनका लागि भारतीय प्रशासनलाई अनुरोध गरेका थिए । दुबै देशका स्थानीय प्रशासनको सहमतिमा अन्तर्राष्ट्रिय सीमा नाका खुलाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

भारतको बाटो भएर सदरमुकाम आएका सौका समुदायलाई खलंगा पुग्न छ दिन लागेको छ । व्यासकै छाङरु गाउँका एक सय पाँच परिवार मङ्सिर १९ गते सितापुल नाका भएर भारतकै बाटो हुदै खलंगा आउने तयारीमा छन् । छाङरुबासीका लागि मङ्सिर २४ गते खलंगा सीमा पुल खुला गर्ने दुबै देशबीच सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । व्यासीहरुलाई स्वदेश भित्र्याउनका लागि खुलेको पुलमा सयौँ स्थानीयहरुले समेत भीडभाड हुने गरी आवतजावत गरेका छन् । कोरोना को जोखिम न्यूनीकरणका लागि बन्द गरिएको पुलमा एकैपटक सयौँको भीड लाग्दा कोरोना संक्रमणको जोखिम झनै बढेको स्थानीय ईन्द्र साउँदले गुनासो गर्नुभयो ।

कोरोनाका कारण गत चैत १० गतेदेखि बन्द रहेका दार्चुलाका अन्तराष्ट्रिय सीमा नाका ३९ पटक खोल्दा छ हजार बढीले आवतजावत गरेका छन् । अत्यावश्यक कामका लागि दुबै देशको स्थानीय प्रशासनबीच समन्वय गरेर पुल खुलाउदा स्थानीय र व्यापारीहरुले समेत सीमा पार गरेर सामाग्री खरिद गर्ने गरेका छन् ।, याे समाचार गाेरखापत्र दैनिकमा लोकेन्द्र जोशीले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.