Nepal Times
Nepal Times
3
Shares

अझै २/३ दिन चिसो बढ्ने

अझै २/३ दिन चिसो बढ्ने

काठमाडौं : आगामी दुई तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका मौमसविद् गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावले बादल लागेमा न्यूनतम् तापक्रम बढ्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा अहिले आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि वर्षा हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

काठमाडौं बाहिर भने पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जानकारी दिएको छ । साथै, तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.