×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अडानीको कारखानमा ड्रोन, मिसाइल र AK–47 का गोली बन्ने

१४ फाल्गुन २०८०

१४ फागुन, एजेन्सी ।

छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश स्थित कानपुर डिफेन्स करिडोरमा भारतीय धनाढ्य अडानी समूहको डिफेन्स एकाई स्थापना भएको छ । २०० हेक्टरमा बनेको यस एकाईमा तोपदेखि ड्रोन, गोला बारूद, मिसाइल, अन्य हतियारहरु बन्ने बताइएको छ । यहाँ शर्ट रेन्ज मिसाइलहरु बनाइने बताइएको छ । योे एशियाकै सबैभन्दा ठूलो गोला–बारूद निर्माण एकाई हो ।

रक्षा क्षेत्रमा आत्मनिर्भरताका लागि कानपुर साढस्थित डिफेन्स करिडोरमा अडानी डिफेन्स एन्ड एरोस्पेसको पहिलो यूनिट तयार भएको हो । झण्डै १५०० करोडमा तयार भएको यो स्मल क्यालिबर एम्यूनेशन मेन्युफ्याक्चरिंग प्लांटमा मार्चदेखि तोप–गोला र ह्यान्ड ग्रेनेड उत्पादन शुरु हुने बताइएको छ । प्लांटको पहिलो यूनिटमा सबैभन्दा पहिले रायफल लाइट मशीन गन (एलएमजी) एके– 47  र कार्बाइनको गोलीहरु बन्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

त्यसपछिको चरणमा आर्टिलरी गन, गोला–बारूद तोपहरु र ह्यान्ड ग्रेनेड समेत, सेनाका लागि अलग–अलग प्रकारका अस्त्र–शस्त्र एव सुविधाहरुसंग सम्बन्धित विभिन्न उत्पादनहरु हुने योजना रहेको प्लान्टका अधिकारीहरुले बताएका छन् । भविष्यमा यहां टोड तोपका सीरीजहरु बनाइने पनि योजना छ । टोड तोपहरुको प्रयोग भियतनामदेखि रूस–यूक्रेन युद्धसम्म भईसकेको छ । पहिलो यूनिटको परीक्षण पूरा भइसकेको छ ।

यहाँ मेक इन इंडिया अन्तर्गत बुलेट प्रुफ ज्याकेट, ड्रोन, लडाकू विमान, हेलीकप्टर, मिसाइलहरु बनाइने बताइएको छ । डिफेन्स करिडोरमा गोलाबारुद बनाउँनेदेखि यहाँ भंडारगृह पनि बनाइएको छ । अहिले पनि यस क्षेत्रको आसपासमा खाली जमीनहरु निकै देखिएको छ । जसमा रक्षा क्षेत्रसंग जोडिएका औद्योगिक एकाईहरु स्थापित गर्ने भारत सरकारको तयारी छ । अडानी समूहले नै त्यसमा काम गरिरहेको छ ।

भारत आत्मनिर्भरता तर्फ तिव्र गतिमा बढिरहेको छ । आर्थिक वर्ष २०२२–२३ मा भारतले रक्षा निर्यातमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छ । आर्थिक वर्ष वित्त वर्ष २०२२–२३ मा रक्षा निर्यात १६ हजार करोडको अहिलेसम्मकै उच्चतम स्तरमा पुगेको छ, जो २०१६–१७ को तुलनामा १० गुणाले धेरै हो । भारत आज ८५ भन्दा धेरै देशहरुमा आफ्ना हतियारहरु निर्यात गरिरहेको छ ।

झण्डै आठ वर्ष अघिसम्म पनि आयात कर्ताको रुपमा मात्रै रहेको भारत आज डोर्नियर–228, 155 एमएम एडभान्स्ड टोड आर्टिलरी गन्स (एटीएजी), ब्रह्मोस मिसाइल, आकाश मिसाइल सिस्टम्स, रडार, सिमुलेटर, माइन प्रोटेक्टेड व्हीकल्स, आर्म्ड व्हीकल्स, पिनाका रकेट र लन्चर, एम्युनिशन, थर्मल इमेजर, बडी आर्मर, सिस्टम, लाइन रिप्लेसिएभिल यूनिट्स र एभियनिक्स तथा स्मल आर्म्स जस्ता ठूलो प्लेटफर्म्सको निर्यात कर्ता बनिसकेको छ ।

फेब्र्सको रियल टाइम अर्बपछि गौतम अडानी भने १६ औ स्थानमा छन् । उनको कुल सम्पत्ति ८३ बिलियन डलर रहेको छ । यही अडानी समूहले नेपालका अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनाका लागि चासो राख्दै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top