×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘अतिक्रमण गरिएका सरकारी जग्गा फिर्ता लिने काम मेरो कार्यकालमा सुरु भयो’

२४ जेष्ठ २०७८

२४ जेठ, काठमाडौं ।

निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गा सरकारको नाममा फिर्ता गर्न सफल भएको बताएकी छन् ।

सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दूषित मनसायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गा फिर्ता लिने काम प्रारम्भ गरेको बताइन् ।

उनले सुनसरीमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाण्डौमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम अन्तिम चरणमा पुगेको बताइन् ।

उनले भनीन्, ‘सुनसरीमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइ सक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दूषित मनशायका साथ विभिन्न व्यक्तिले त्यो जग्गा हडपेका थिए ।

जग्गा बिक्री÷वितरण गरिएको थियो । ती व्यक्तिलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाको हकमा केही जग्गा सरकारको नाममा ल्याउने काम सकेका छौँ र अझै पनि छानबिन हुँदैछ ।’

निवर्तमान मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा जग्गा नाप जाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नाप जाँच गरिसकेको जानकारी दिइन् ।

मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजल्ट निस्किन सक्ने पनि उनले बताइन् । आउँदो आर्थिक वर्षमा नारायणीदेखि मेचीसम्म नाप जाँचको काम हुने कार्यक्रम रहेको निवर्तमान मन्त्री तुम्बाहाम्फेको भनाइ छ ।

उनले विभिन्न अनलाइन प्रविधिको सुरुवात गरेको पनि बताइन् । उनले भूमि मन्त्रालय अन्तर्गत सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफूले तोडेको पनि दाबी गरीन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top