Nepal Times
Nepal Times
3
Shares

अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन गर्न माग गर्दै सर्वोच्चमा रिट

अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन गर्न माग गर्दै सर्वोच्चमा रिट

२७ कात्तिक, काठमाडौं ।
कालापानी क्षेत्रबाट भारतीय अर्ध सैन्य बल हटाउने र नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नापी विभागले समेत समावेश नगरेकाले लिम्पिरायुरा नेपालको राजनीतिक नक्साबाट बाहिर जान सक्ने खतरा औँल्याउँदै अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिट निवेदनमा नेपालको हालको नक्सा बदर गरी लिम्पियाधुरासहितका भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सशस्त्र प्रहरी बल र नापी विभागलाई विपक्षी बनाई दायर गरिएको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा गरी गर्न र आवश्यक परे यो विववादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म र्पुयाई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न रिटमा माग गरिएको छ ।रिटमा पेशी बिहीबारका लागि तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.