Nepal Times
Nepal Times
3
Shares

अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न माग

अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न माग

७ फागुन, काठमाडौँ ।
चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न माग गरेका छन् ।

उनले बुधबार विज्ञप्ति जारी गर्दै विद्यार्थीसँग कुनै पनि बहानामा अवैध शुल्क लिन खोज्ने मेडिकल कलेजको सम्बन्धन खारेजी गरी कारबाही गर्न चिकित्सा शिक्षा आयोगको ध्यानार्कषण गराएका हुन् ।

चिकित्सा शिक्षा ऐनमा तोकेभन्दा बढी शिक्षण शुल्क लिने मेडिकल कलेजलाई सम्बन्धन खारेजीको कारबाही गर्न सकिने प्रावधान छ ।

‘सरकारले अवैध रुपमा असुलिएको रकम फिर्ता गराउने वाचा पनि गरेका छ,तर फेरि पनि मुख्य राजनीतिक दलका नेताहरुको मेडिकल माफियासँगको साँठगाँठ र संरक्षणका कारण शुल्क फिर्ता गर्नु त कता–कता, नयाँ भर्ना हुन आएका विद्यार्थीहरूसँग करोडौं बढी असुल्ने प्रयास भइरहेको छ,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्ट र आपराधिक राजनीतिक नेतृत्वका कारण विद्यार्थी अभिभावकहरुलाई ठग्‍ने र मेडिकल माफियालाई पोस्ने काम भइरहेको छ ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.