×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अदालतले नै सेवाग्राहीलाई पाइन्ट खोल्न लगायो

२३ माघ २०८०

२३ माघ, काठमाण्डौ ।

ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई अदालत प्रवेश गर्नुअघि पाइन्ट खोल्न लगाएको छ । च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै धरानबाट गएका सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जालमाफर्त जानकारी दिएका छन् ।

उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गर्दा पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको सत्यालले जानकारी दिएका छन् ।

उनले अदालतमा भएको घटनाको सविस्तार सामाजिक संजालमा लेखेका छन् , ललितपुर जिल्ला अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले मेरो साथमा गएका सेवाग्राहीलाई अदालत प्रवेशमा रोक लगाए, उनीहरुको तर्क थियो, च्यातिएको पाइन्ट लगाएर अदालतभित्र प्रवेश गर्न पाइँदैन । यो सूचना हेर्नुहोस् । मैले अनुरोध गरेँ, उहाँ भित्र जान जरुरी छ, उहाँको प्रतिउत्तर फिराउने म्याद सकिनै लागेको छ ।

हामी आदेशको पालक हौँ, हामी प्रवेश दिन सक्दैनौँ । मैले अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई भेटेँ । मेरो तर्फबाट दुई हात जोडेर नमस्कार गरेँ, म एउटा अनुरोध गर्न आएको सर, मेरो पक्ष प्रतिउत्तर फिराउन धरान देखि काठमाण्डु आउनु भएको छ । प्रतिउत्तर फिराउने समय पनि लगभग अन्तिम भईसकेको छ ।

सुरक्षाकर्मीले भित्रको निर्देशन नभई भित्र पठाउन मिल्दैन भन्नुभएको छ । सर बाटो फुकाइदिनु पर्यो बरु तपाई दोस्रोपटक यस्तो पोशाकमा अदालत प्रवेश गर्नेछैन भन्ने कागज गराउनुहोस् । उनी मेरो कुरा सुन्दै थिए वा उनको ध्यान अन्यत्रै थियो मलाई थाहा छैन, उनले घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए ।

मैले भने श्रीमान् घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन त सम्भव नै छैन । त्याहाँ सोफाहरु पनि थिए, शायद हामी सेवाग्राहीकै लागि थिए । तर उनले बसौँ भनेनन् । बरु उल्टै उनले अपमान गर्दै भने– तपाई नेपाली पोशाक यति राम्रो लगाएर आउनु भएको छ ।

उहाँले चै मर्यादित पोशाक लगाउनु पर्दैन ? कपडा छैन भने के गर्ने मैले प्रति प्रश्न गरेँ – एकजोर मात्र लुगामा धरान देखि काठमाण्डु कोही आउँदैन‘‘. मलाई यो टिप्पणीले अदालतका कर्मचारीहरु वकिललाई शब्दबाट विद्वान भने पनि व्यवहारमा अपमान गर्छन् भन्ने यथार्थताको तुरुन्तै बोध गरायो ।

मेरो पोशाकसँग सेवाग्राहीको पोशाक किन दाँज्नु परेको ? दुर्गाप्रसाद भट्टराईले आफ्नु न्यायसेवाको अनुभवमा के सिके होलान् ? उनले अदालतका फाइल भन्दा वाहिरको जीवन चिनेकाछन् ? कि उनीजस्तै लोकसेवाको भारी नबोकेकाहरु सेवामा प्रवेश नगरेकाहरुलाई हामीले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ सिकेकाछन् ।

अन्ततः मेरो अनुरोधको केही काम लागेन, जसरी बगरेको अगाडि कुनै पशुको रोदन !!! मैले सेवाग्राहीलाई सोधेँ “अर्को पाइन्ट किन्न सकिन्छ अहिले ? “अहिले त किन्न सकिँदैन सेवाग्राहीको उत्तर थियो । म किंकर्तव्य विमुढ थिएँ । भित्र ट्राउजर छ प्रहरी कर्मचारीको प्रश्न थियो । हजुर भित्र ट्राउजर छ पाइन्ट खोल्नुहोस् अनि ट्राउजर लगाएर भित्र जानुहोस् ।

हे भगवान् अन्तिममा त्यही भयो । भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन । के यो सही हो ??? उनले यो घटनाका विषयमा सबै सरोकारवालसँग जवाफ मागेका छन् , उनले भनेका छन्, मेरो प्रश्न कानुन व्यवसायीको हक हीतको कुरा गरेर नथाक्ने नेपाल वार एशोसियशन केन्द्रीय कार्यालय, उच्च अदालत वार एशोसियसन पाटन, जिल्ला अदालत वार एशोसियसन, काठमाण्डौ, ललितपुर, भक्तपुर ।

सर्वोच्च अदालत प्रशासन, उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासन सबैसँग छ । कम्तिमा कानुनको पालना गर्ने नाउँमा वनमा दाउर खोज्न जाँदा भालुले कान खाइदिएको नेपाली छोराले दुवै कान देखिने फोटो नभएका कारण नेपाली नागरिकता नपाएको जस्तो कागजी घोडा नबन्नुहोस् ।

सम्भव छ भने दुर्गाप्रसाद भट्टराई जस्ता राष्टसेवक कर्मचारीलाई यथोचित पारितोषिक दिनुहोस् । उहाँजस्तो अधिकारी मेरो वकालत जीवनको करिब १८ वर्षमा मैले पहिलो पटक भेटेको छु । हामी हाम्रो अदालत मर्यादित भएको हेर्न चाहन्छौँ । हाम्रा तर्फबाट अदालतको मर्यादामा आँच आउन पनि दिँदैनौँ । अदालत मर्यादित संस्था हो, मर्यादित रहनुपर्छ ।

अदालतले गल्ती गर्दैन तर अदालत आफैँ काम गर्दैन, अदालतको तर्फबाट हुने कामहरु मानिसद्वारानै सम्पन्न गरिनेहुँदा मानवीय त्रुटिहुनु र मानवीय त्रुटिका कारण अदालतमाथि प्रश्न उठ्नु जायज हुन्छ । अब अदालत प्रशासनको ध्यान अदालतका मुखियाहरुतर्फ जानु आवाश्यक मात्र होइन अत्यावश्यक भइसकेको छ । यदि हामी संवेदनशील हुँदैनौँ भने स्थिति हाम्रो नियन्त्रणमै रहला वा नरहला यसै भन्न सकिन्न ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top