×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादन : देउवा

१६ पुष २०७४

ललितपुर, पुस १६
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदान अतुलनीय रहेको छ ।”

मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविबाट निकै ठूलो काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतिक–सामाजिक एवं प्रशासनिक व्यक्तित्व यसै विश्वविद्यालयका उत्पादन हुन् ।”

प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलक र सबै वर्ग समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको बताउँदै उनले विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणीत गर्नेतर्फ आवश्यक ध्यान दिन निर्देशन दिए ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउन विश्वबजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएकाले त्यसका लागि सामूहिक प्रयत्नको थालनी त्रिविबाटै हुनुपर्नेमा जेड दिए ।

विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री श्रेष्ठले विश्व विद्यालयको उन्नति, विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति एवं समारोहका प्रमुख अतिथि जगदीश कुमारले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्ने गरी पाठ्यक्रम तयार गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले मुलुकमा उच्च शिक्षाको ५८ वर्षको इतिहासमा अनेकौ चुनौतीको सामना गर्दै राष्ट्रको सर्वाङ्गीण विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले निकै ठूलो भूमिका निर्वाह गरेको बताए ।

त्रिचालीसौँ दीक्षान्त समारोहमा २०७३ असार ३ देखि २०७४ जेठ १७ सम्म उक्त विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र संकाय अन्तर्गतका ६० आङ्गिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतीर्ण गरेकामध्ये आठ हजार २ सय ६७ जना सहभागी भएको सो अवसरमा जानकारी दिइयो ।
रासस ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top