Nepal Times
Nepal Times
3
Shares

अनमोलको ‘कृ’ इन्टरनेटमा रिलिज: ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

अनमोलको ‘कृ’ इन्टरनेटमा रिलिज: ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

३२ साउन, काठमाडौँ ।
अनमोल केसी,अनुपविक्रम शाही तथा अदिति बुढाथोकी अभिनीत चलचित्र ‘कृ’ युट्युबको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । शुक्रबार इन्टरनेटमा रिलिज भएको सो चलचित्र २४ घण्टामै १२ लाख भन्दा बढीले हेरेका छन् ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल अदिति बुढाथोकी, अनुप विक्रम शाहीका साथमा कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । करिब दुई वर्षको मेहनत पछि २०७४ माघमा रिलिज भएको ‘कृ’ले व्यावसायिक हिसाबले सफलता हात पारेको थियो ।

रिलिजको २४ घण्टामा १२ लाख भन्दा बढीले हेरेको सो चलचित्रमा ५३ सय बढिले प्रतिक्रिया दिएका छन् । अधिकांशले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.