Nepal Times
Nepal Times
3
Shares

अनिर्वाय सैनिक तालिमका लागि नेमकिपाले दर्ता गर्यो संशोधन विधेयक

अनिर्वाय सैनिक तालिमका लागि नेमकिपाले दर्ता गर्यो संशोधन विधेयक

२३ जेठ,काठमाडौँ ।
गैह् सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । नेमकिपाका सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन् ।

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राखेका छन । यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोश्रो संशोधन विधेयक दर्ता गराएको थियो ।

सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भईसकेको छ । त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा , नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दे नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् । सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.