Nepal Times
Nepal Times
3
Shares

अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने आलमको अडान

अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने आलमको अडान

५ कात्तिक, काठमाण्डौ ।
रौतहट जिल्लाको राजपुरमा १२ वर्षअघि भएको बमकाण्डमा अभियोग लागेका प्रतिनिधिसभा सदस्य अफताव आलमले अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने अडान लिएका छन् ।

पोलिग्राफ टेस्ट गर्न उनको सहमति चाहिन्छ तर उनले नमानेको प्रहरी स्रोतले बताएको छ । आलमले भने हुँदै नभएको घटनामा आफुलाई मुछेर राजनीतिक प्रतिशोध साँध्न प्रहरी प्रयोग भएको आरोप लगाउँदै कुनै हालतमा पोलिग्राफ जाँचमा संलग्न नहुने अडान लिएका हुन् ।

पोलिग्राफलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो वा झूटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परीक्षणले धेरै सघाउ पुर्‍याउँने बताइन्छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.