Nepal Times
Nepal Times
3
Shares

अन्जु पन्तले गरिन् दोस्रो विवाह

अन्जु पन्तले गरिन् दोस्रो विवाह

१३ फागुन, काठमाडाैँ ।

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।

अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । दुवैको यो दोस्रो विवाह हो । उनीहरुले चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । थिरले भने–‘हामीले पाटनको चर्चमा बिहे गरेका हौं । कोरोनाका कारण धेरै मानिसहरुलाई बोलाउन सकिएन । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

 अन्जु र थिरलाई वैवाहिक जीवनको शुभकामना ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.