Nepal Times
Nepal Times
3
Shares

अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै, तीन सुरक्षा घेराभित्र छपाइ गरिने

अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै, तीन सुरक्षा घेराभित्र छपाइ गरिने

काठमाडाैँ : नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालय (सेक्युरिटी प्रेस)मा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो ।

केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू गर्ने जानकारी दिनुभयो ।

विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्रीलाई दिन लागेको होे ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले केन्द्रसँग दुई महिनाअघि गरिएको सम्झौताका आधारमा छपाइ गर्न लागिएको जानकारी दिनुभयो ।

विभागले सरकारी निकायसँग प्रतिस्पर्धा गर्न नपर्ने भएकाले केन्द्रको सेक्युरिटी प्रेसमा छपाइ गर्न दिएको उहाँको भनाइ थियो । महाप्रबन्धक कुँवरले केन्द्रले केही दिनभित्र छपाइ शुरू गर्ने बताउनुभयो ।

केन्द्रले विभागले दिएको नमुना र सेक्युरिटी फिचर्सको आधारमा स्टिकर छपाइ गर्ने जनाएको छ । पहिलो चरणमा चुरोट र त्यसपछि अन्य क्षेत्रको स्टिकर छपाइ गर्ने विभागको भनाइ छ । महानिर्देशक कुँवरले पहिलो स्टिकर छपाइको गुणस्तर हेरेपछि अन्य काम दिने बताउनुभयो ।

अति गोप्य सामग्रीका रूपमा रहेको स्किटर छपाइ गर्न तीन घेराको सुरक्षा हुनेछ । छाप्ने प्रेसमा नेपाली सेनाको बटालियन तैनाथ हुनेछ भने दोस्रो र तेस्रो घेरामा सशस्त्र र नेपाल प्रहरी बस्नेछ । छपाइ शुरू भएपछि प्रेसमा अपरेटर र केन्द्रका जिम्मेवारी व्यक्ति र विभागका अधिकारप्राप्त व्यक्ति बस्नेछन् ।, याे समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.