×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो

१३ फाल्गुन २०८१

१३ फागुन, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङ्टनले युक्रेन युद्धबारे नयाँ नीति लिएको संकेत दिँदै संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनमाथि भएको आक्रमणको विरोध गर्ने प्रस्तावको विपक्षमा मतदान गर्यो। युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिकाले युक्रेनलाई संयुक्त राष्ट्रसंघ भित्र समर्थन नगर्ने निर्णय लिएको हो । यसको विश्वमै हलचल मच्चिएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाले युद्ध अन्त्य गर्न र शान्तिपूर्ण समाधान खोज्न आह्वान गर्दै प्रस्ताव पारित गर्यो, जसलाई ९३ सदस्य राष्ट्रहरूले समर्थन गरे। तर, अमेरिकाले उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा अन्तर्राष्ट्रिय राजनीतिमा ठूलै हलचल मच्चिएको छ। युक्रेनलाई समर्थन गर्दै आएको अमेरिका अहिले किन युक्रेनविरुद्ध उभियो त? भन्ने बहस सुरु भएको छ ।

युद्धको सुरुवातमा नै जब रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गर्यो, त्यसको पछाडि अमेरिका रहेको ठानिन्छ। तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनले नेटो सदस्यता पाउनु पर्ने र उसको सुरक्षाका लागि नेटो सेना रुसी सीमामा खटिनु पर्ने अभिव्यक्ति नदिएको भए, सायदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिने थिएनन्।

नेटो विस्तारको भयले नै रुसलाई आक्रामक कदम चाल्न बाध्य बनाएको पटक पटक रुसी राष्ट्रपति, विदेशमन्त्री लगायतले बताउँदै आएका छन् । तर, २०२२ को अमेरिका र २०२५ को अमेरिका फरक देखिएको छ।

अमेरिकी राष्ट्रपति परिवर्तन भएसँगै अमेरिकाको युक्रेन र रुसलाई हेर्ने दृष्टिकोण मात्र होइन, शत्रु र मित्र राष्ट्रको परिभाषासमेत फेरिएको छ। लामो समयदेखि कट्टर शत्रुतापूर्ण सम्बन्ध रहेका अमेरिका र रुस एकअर्कासँग नजिकिएका छन्, भने युक्रेन—जसलाई अमेरिका नै रुसविरुद्धको युद्धमा अगाडि सारेर लडाइँमा होमिएको थियो—त्यसैमाथिबाट अमेरिकाले आफ्नो हात झिक्दै आफूलाई उत्तर कोरियाको पंक्तिमा उभ्याएको छ ।

युद्ध सुरु भएपछि अमेरिका युक्रेनलाई सैन्य, आर्थिक, कूटनीतिक रूपमा साथ दिँदै आएको थियो। आधुनिक हतियार, युद्धक विमान, गोला–बारुददेखि ठूलो मात्रामा आर्थिक सहयोग अमेरिका गर्दै आइरहेको थियो। तर, समयक्रमसँगै अमेरिकी नीतिमा ठूलो परिवर्तन आएको छ।

ट्रम्प प्रशासनले रुससँग मैत्रीपूर्ण सम्बन्ध सुधार्ने संकेत दिएको छ भने युक्रेनमाथि अब सीमित सहयोग मात्रै दिने देखिएको छ। अमेरिकाले सुरुमा युक्रेनलाई “रुसविरुद्ध लड्नका लागि पर्याप्त शक्ति छ“ भनेर प्रोत्साहित गर्यो।

उसले रुसको सैन्य आक्रमणलाई परास्त गर्न सक्छ भन्ने मानसिकता तयार गरायो। तर, जब युक्रेनलाई पूर्ण समर्थन आवश्यक पर्न थाल्यो, अमेरिका पछि हट्न थाल्यो। अब अमेरिका आफैंले युद्धको शुरुवात गराएर त्यसको भार बोक्न अस्वीकार गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघ महासभाले युद्ध समाप्ति र शान्तिपूर्ण समाधान खोज्न आह्वान गर्दै प्रस्ताव पारित गरेको थियो, जसलाई ९३ सदस्य राष्ट्रहरूले समर्थन गरे। यस प्रस्तावको विपक्षमा १८ राष्ट्रहरूले मतदान गरे भने ६५ राष्ट्रहरूले तटस्थ रहनु उचित ठाने।

वासिङ्टनले यो मतदानमा रसिया, उत्तर कोरिया, सुडानलगायतका राष्ट्रहरूको साथ दिएको थियो। पारित प्रस्तावले युद्धलाई कम गर्न, शत्रुता अन्त्य गर्न, नागरिक जनतामाथिको असर घटाउन र अन्तर्राष्ट्रिय कानुनअनुसार समाधान खोज्न आह्वान गरेको छ।

यो प्रस्ताव युक्रेनका लागि जित भए पनि उसको घट्दो अन्तर्राष्ट्रिय समर्थनलाई पनि देखाउँछ। अघिल्लो वर्षहरूमै तुलना गर्दा यस पटक युक्रेनलाई कम समर्थन प्राप्त भएको छ। यसबीच, अमेरिकाले पनि एउटा फरक प्रस्ताव अघि सारेको थियो, जसलाई संयुक्त राष्ट्रसंघमा रुसी राजदूतले ’सही दिशा तर्फको एउटा कदम’ भनेका थिए। तर, अमेरिकाका युरोपेली सहयोगी राष्ट्रहरू – फ्रान्स, बेलायत लगायतका देशहरूले अमेरिकी प्रस्तावमा परिवर्तनको माग गर्दै यसको समर्थन गर्न अस्वीकार गरे।

अमेरिकाले प्रस्तावमा यूक्रेनको क्षेत्रीय अखण्डताको प्रतिवद्धता हटाएपछि युरोपेली राष्ट्रहरूले दबाब दिँदै यसलाई पुनः संशोधन गर्न आग्रह गरे। अन्ततः, अमेरिकाले आफ्नो नै प्रस्तावमा मतदान गर्न अस्वीकार गर्यो, जसलाई संयुक्त राष्ट्रसंघ महासभाले पारित गर्यो।

अमेरिकाले संयुक्त राष्ट्रसंघमा युक्रेनविरुद्ध मतदान गर्नु एउटा ठूलो संकेत हो। यसले अमेरिकाले अब युक्रेनलाई पहिलो प्राथमिकतामा नराख्ने स्पष्ट देखाउँछ। रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने, युक्रेनलाई हरसम्भव सहयोग पुर्याउने, नेटोमार्फत रुसमाथि दबाब बढाउने रणनीति लिएको अमेरिका अहिले युक्रेनलाई विस्तारै एक्लै छोड्दैछ।

युद्धमा अमेरिका आफैं नरहे पनि उसले युक्रेनलाई प्रयोग गरेर रसियालाई कमजोर बनाउने रणनीति लिएको थियो। तर, अहिले अमेरिकाले आफूलाई सुरक्षित राख्दै युक्रेनलाई संकटको बीचमा छोड्ने रणनीति अपनाइरहेको देखिन्छ।

युक्रेनलाई पहिले अगाडि धकेल्ने, त्यसपछि पछि हटेर हेर्ने नीति अमेरिकी विदेश नीतिको खास विशेषता बनिरहेको छ। यसरी हेर्दा, आजको परिवेशमा अमेरिकाले युक्रेनलाई मात्रै होइन, सम्पूर्ण विश्वलाई एउटा सन्देश दिएको छ,अमेरिकी हित सर्वोच्च छ, मित्रताको कुनै ग्यारेन्टी छैन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top