×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तरिक्षमा रुस र अमेरिकाको हातेमालो

११ आश्विन २०८०

११ असोज, एजेन्सी ।
भूराजनीतिका कारण राष्ट्रिय हित अनुकुल एकआपसमा कटुताको सम्बन्धका साथ अघि बढिरहेका अमेरिका र रुस अन्तरिक्ष अभियानमा भने अहिलेसम्म हातेमालो गरिरहेका छन् । अन्तरिक्षमा एक साथ रहेका नासाका एक अन्तरिक्ष यात्री र दुई रुसी अन्तरिक्ष यात्री एक वर्षभन्दा बढी अन्तरिक्षमा बिताएपछि बुधबार पृथ्वीमा फर्किएका छन् ।

यो नासासँगको रुसको अन्तरिक्ष अभियान हो । यससँगै अमेरिकी नागरिक फ्रान्क रुबियोले सबैभन्दा लामो अमेरिकी अन्तरिक्ष उडानको कीर्तिमान बनाएका छन् । तीन जना अन्तरिक्ष यात्री कजाकिस्तानको दुर्गम क्षेत्रमा रहेको सोयुज क्याप्सुलमा अवतरण गरेका थिए । तिनीहरूको मुल अन्तरिक्ष यान अन्तरिक्षमा रहेको भग्नावशेषको चपेटामा परेको थियो ।

त्यसपछि सोयुज क्याप्सूल प्रयोग गरिएको थियो । यसै कारण जुन मिसन १८० दिनको हुनु पर्ने थियो, त्यो मिसन ३७१ दिनको बसाइमा परिणत भएको थियो । रुबियोले अन्तरिक्ष उडानमा सबैभन्दा लामो समयसम्म बस्ने नासाको अघिल्लो रेकर्ड राखेका मार्क भान्डे हेई भन्दा दुई हप्ता बढी अन्तरिक्षमा बिताएर कीर्तिमान बनाएका छन् ।

रुसले सन् १९९० को मध्यमा ४३७ दिनको अन्तरिक्ष यात्राको विश्व रेकर्ड राखेको थियो। रुबियो र रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपिएभ र दिमित्री पेटेलिनलाई पृथ्वीमा फिर्ता ल्याउने सोयुज क्याप्सुल फेब्रुअरीमा प्रतिस्थापनको रूपमा पठाइएको थियो। रूसी इन्जिनियरहरूले गत वर्षको अन्त्यमा उनीहरूको मूल अन्तरिक्ष यानको रेडिएटर अन्तरिक्षका भग्नावशेषले क्षतिग्रस्त भएको आशंका गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top