×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो

१ माघ,काठमाण्डौ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुसेवा कम्पनीलाई पछाडि पार्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अग्रस्थानमा आउन सफल भएको हो ।

काठमाडौं विमानस्थलमा भएको कुल उडान र अवतरणका ४५ लाख ४१ हजार १३७ यात्रुमध्ये नेपाल एयरलाइन्सको हिस्सा १४.२० प्रतिशत छ । निगमले नेपालबाट भएको उडान अवतरणमा ६ लाख ४५ हजार १६६ यात्रुलाई सेवा दिँदा दिएर अग्रणी स्थान कायमै राखिरहेको छ । त्यसो त नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा निगम सधैंजसो अगाडि नै आइरहन्छ ।

निगमले गत वर्ष सन् २०२३ मा ३ लाख ४५ हजार यात्रुलाई काठमाडौंबाट विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको छ । निगमले बाहिरबाट नेपाल ल्याएको यस्ता अन्तर्राष्ट्रिय उडानका यात्रु २ लाख ९७ हजार रहेको विमानस्थलको तथ्यांकले देखाएको छ । निगमले पछिल्लो एक वर्षका गरेको जम्मा ३ हजार ७८१ उडानबाट करिब साढे ६ लाख यात्रुलाई सेवा दिएको हो ।

यस्तो उडानमा काठमाडौंबाट भएको प्रस्थान १ हजार ८९० र आगमन १ हजार ८९० रहेको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज प्रयोग गर्दै आएको छ । यसमध्ये २५४ सिट क्षमताका २ वटा वाइडबडी र १५० सिट क्षमताका २ वटा न्यरोवडी जहाज छन् ।

नेपाल वायुसेवा निगमपछि यात्रु धेरै बोक्नेमा कतार एयरलाइन्स छ । यो वायुसेवाले पछिल्लो एक वर्षमा ६ लाख २७ हजार यात्रु बोकेको छ । यो वायुसेवाले पनि काठमाडौं बाहिर लगेको यात्रु ३ लाख २६ हजार रहेको छ भने काठमाडौं ल्याएको यात्रु ३ लाखमात्रै छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले पूर्णक्षमतामा यात्रु बोक्न पाएको छैन ।

निगमले पूर्णक्षमतामा यात्रु बोक्न पाउने हो भने अहिले भएकै जहाजबाट १० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिन सामान्य हुन्थ्यो । यस्तै निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको बजार हिस्सा ६२.१० प्रतिशत छ । यो वायुसेवाले यात्रु उडानका हिसावले सबैभन्दा धेरै यात्रुलाई पछिल्लो एक वर्षमा सेवा दिएको छ ।

सन् २०२३ मा आन्तरिक उडानका ४१ लाख ५० हजार ३२६ यात्रुमध्ये बुद्ध एयर एकल्लैले २५ लाख ७७ हजार ६१८ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले दिएको यस्तो यात्रु सेवा गत वर्ष सन् २०२२ मा २३ लाख ८७ हजार ८१२ रहेको थियो । बुद्ध एयरले पछिल्लो एक वर्षमा बोकेको यात्रु संख्या अघिल्लो वर्षको तुलनामा जम्मा ७.९४ प्रतिशतले मात्रै बढी हो ।

बुद्ध एयरको यस्तो यात्रु सेवा गत वर्ष २०२२ मा भने २४.८१ प्रतिशतले बढेको थियो । आन्तरिक उडानको यति एयरलाइन्सको यात्रु सेवा भने गत वर्ष सन् २०२३ मा ७ लाख १७ हजार ३० मात्रै रहेको छ । यस्तो यात्रु सेवा अघिल्लो वर्षको तुलनामा करिब २ लाखले घटेको छ । यति एयरलाइन्सले गत वर्ष ९ लाख ३७ हजार यात्रुलाई सेवा दिएको थियो ।

आन्तरिक उडानको श्री एयरलाइन्सले ६ लाख ५ हजार ३३८ यात्रुलाई सेवा दिएको छ । श्रीको यस्तो अघिल्लो वर्ष सन् २०२२ को तुलनामा घटेको छ । गत वर्ष सन् २०२२ मा श्रीले ७ लाख १७ हजार ५२३ यात्रुलाई सेवा दिएको थियो । आन्तरिक उडानको सीता एयरले गत वर्ष सन् २०२३ मा २१ हजार यात्रुलाई सेवा दिएको छ ।

यो वायुसेवा कम्पनीको भने अघिल्लो वर्ष सन् २०२२ को तुलनमा यात्रु संख्या करिब ६ हजारले बढेको छ । यसले गत वर्ष १४ हजार ६६१ यात्रुलाई सेवा दिएको थियो । अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर अग्रणी स्थानमा आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आन्तरिक उडानमा भने निकै कमजोर छ ।

जहाज संख्या कम भएको र दुर्गम क्षेत्रमा मात्रै उडान गर्ने साना जहाजका कारण यो वायुसेवाले गत वर्ष सन् २०२३ मा जम्मा १३ हजार २८७ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले अघिल्लो वर्ष सन् २०२२ मा १७ हजार ४१७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले सन् २०२१ मा २० हजार २०८ यात्रुलाई सेवा दिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top