Nepal Times
Nepal Times
3
Shares

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज, मजदुरका पीडा यथावत

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज, मजदुरका पीडा यथावत

१८ वैशाख, काठमाडौं । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । विभिन्न औपचारिक, अनौपचारिक कार्यक्रमहरु गरेर विश्वभरी मनाईदैछ । विश्वभरी अहिले कोरोनाको महामारी छ ।

यस्तो महामारीमा पहिलो असर श्रमिक वर्गमा पर्दछ । नेपालमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । विश्वका ठुला धनी राष्ट्रहरुले लकडाउनको समयमा श्रमिकहरुको न्युनतम आवश्यकताको व्यवस्था गर्न सके भने हाम्रो जस्तो मुलुकले यसबारे कुनै योजना नै बनाउन सकेनन् । फलतः निशेधाज्ञा र बन्दाबन्दीले श्रमिक वर्गलाई भोकमरी तर्फ धकेल्दैछ । नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्यले निषेधाज्ञा जारी गर्दा सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको पीडालाई बुझ्न नसकेको बताए । मजदुरहरुलाई राहतको प्याकेज दिन आवश्यक रहेको पनि बताए । मजदुरको स्वास्थ्य सुरक्षा र दैनिक जिवनयापन बारे ठोस कदम नचाल्ने हो भने स्थिति भयावह हुनसक्ने बताए । यस्तै, सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष बिनोद श्रेष्ठले राज्य पक्ष र उद्योगी व्यवसायीले उत्पादनलाई मात्र नहेरी श्रमिकमाथि लगानी गर्न आग्रह गरे ।

मजदुर कर्मचारीलाई सामाजिक सुरक्षाको कार्यक्रममा सहभागी गराइएको भए महामारीको समयमा सहायता पुग्ने बताए । महामारीको बाहानामा कसैलाई पनि रोजगारीबाट वञ्चित नगराउन आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.