×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी रेयानाको मिशन के छ ?

९ जेष्ठ २०८०
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

९ जेठ, एजेन्सी ।
सन् २०१८ मा मात्रै आफैँ गाडी चलाउने अधिकार पाएका साउदी अरबका महिलाहरू पछिल्लो समय अन्तरिक्षमा समेत पुग्न थालेका छन् । अझै पनि यहाँ महिलाका अधिकारहरू सीमित गरेको अधिकारकर्मीहरुले बताउने गरेका छन् । तर यसको बावजुद साउदीकी रेयाना बर्नावी अन्तरिक्षमा जाने पहिलो अरबी महिला हुन् ।

उनै रेयाना यतिबेला अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छन् । अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुन् । उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ ।

बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहेको बीबीसीले जनाएको छ । जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन् । उनीहरूको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल रहेका छन् ।

यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छिन् । उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने आशा गर्छिन् । आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ । म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस् ।’

अन्तरिक्षमा परिक्रमा गरिरहने प्रयोगशालाबाट यो टोलीका सदस्यहरूले २० भन्दा धेरै विज्ञान र प्रविधिसम्बन्धी प्रयोगहरू गर्नेछन् । उनीहरूले खोज गर्ने विषयहरूमा अन्तरिक्षको मानव स्वास्थ्यमा असर र वर्षा–बीउ प्रविधि पनि समेटिएका छन् ।

बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रूपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरू गर्नेछिन् ।

Scroll to Top