Nepal Times
Nepal Times
3
Shares

अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

काठमाडौँ : स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यहरूले राजीनामा मागेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी आफू निकटका नेताहरूसँग मिलेर रणनीति बनाउन व्यस्त रहे ।

दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वाममदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ललितपुरको एक होटलमा समूहगत भेलामा सहभागी हुँदा प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफू नजिकका नेताहरूसँग छलफल गरे ।

बुधबार बिहानै बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग पनि ओलीले छलफल गरेका थिए । दिउँसो फेरि आफू निकटका नेताहरूसँग उनले छलफल गरेका थिए । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग ओलीले छलफल गरेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीको पनि साथ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म लड्ने र सबै उपाय अपनाउने तर दुवै पद नछाड्ने अडानमा छन् । आफू इतरको समूहलाई गलाउने रणनीति यो समूहले तय गरेको हो । त्यसका लागि उनले तीन विकल्पमा समेत परामर्श सुरु गरेको दाहाल-नेपाल समूहको बुझाई छ । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने, अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार नछाड्ने विकल्पमा पनि ओलीले परामर्श गरेको हुनसक्ने बुझाई यो समूहको छ । तर, ओलीले यी सबै अर्को समूहलाई धम्काउनलाई गरेको र उनले यी विकल्प प्रयोग गर्न स्थिति सहज नभएको बुझाई पनि यो समूहको छ । यस किसिमको तयारीको ओली पक्षले भने पुष्टि गरेको छैन ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.