Nepal Times
Nepal Times
3
Shares

अफगानिस्तानको सैनिक शिविरमा आत्मघाती बम आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको सैनिक शिविरमा आत्मघाती बम आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

१४ मंसिर, एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण मानिएको छ । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भीषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको गाडी सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए । तर उनले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन । यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.