Nepal Times
Nepal Times
3
Shares

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिएपछि सुरक्षाको चर्चा

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिएपछि सुरक्षाको चर्चा

१० बैशाख, एजेन्सी । अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क सहरमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा पनि सैन्य हस्तक्षेप शुरु भएको थियो । त्यो कामको अगुवाई गरेको अमेरिकाकै नेतृत्वमा अफगानिस्तानमा पनि सेना पुगेको थियो ।

हप्ता दिन अघि यस्तो संयोग थियो कि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले २० वर्षअघि ह्वाइट हाउसको जुन हलबाट विश्वमा आतंकवाद विरुद्धको युद्धको घोषणा गरेका थिए ।

सोही हलबाट राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे । यसरी अमेरिकामा प्रवेश गरेका नेटो सैनिकलाई उनीहरु त्यहाँ पठाइएको २० औँ वर्षगाँठ पारेर फिर्ता गर्न लागिएको हो ।

यो घोषणाले अमेरिकी कूटनीतिक वृत्तमा नयाँ बहस शुरु भएको बताइएको छ ।

कतिपयले यसलाई विवादास्पद पनि भनेका छन् । आंतकवादका विरुद्धमा अफगानिस्तानमा के पर्याप्त सुरक्षा छ भन्ने प्रश्न पनि अहिले उठेको छ ।

एकातर्फ अफगान सरकार तथा तालिबानबीचको शान्ति प्रक्रिया शुरु भएको भए पनि टुंगोमा पुग्न सकेको छैन ।

यो शान्ति वार्ता सफल भएपछि अमेरिकी सेना फर्कने कुरामा सहमति भएको भए राम्रो हुने बताइएको थियो । तर त्यो सम्भव हुन सकेन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.