×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन

१८ कार्तिक २०८२

१७ कार्तिक , काठमाण्डौ ।

अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो। अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

बाल्खका गर्भनरका प्रवक्ता हाजी जÞैदले भने, ’हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं। धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ।’ उद्धारकार्य जारी रहेकाले यो हताहतीको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’देशका धेरै प्रान्तहरू फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएका छन्।’ भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ। सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू देखिएका छन्।

उक्त स्थललाई इस्लामका चौथो खलिफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको समाधिस्थल मानिन्छ। युएसजिएसले आर्थिक र मानवीय क्षतिको उच्च सम्भावना जनाउँदै ’ओरेन्ज अलर्ट’ जारी गरेको छ।

उक्त चेतावनीमा भनिएको छ, ’जनधनको ठूलो क्षति हुने सम्भावना छ।’ मजार–ए–शरीफकी पूर्व शिक्षिका रहेकी रहिमाले भूकम्प आएपछि आफूहरू आँत्तिदै घरबाट तल झरेको बताएकी छन्। ’भूकम्प आउँदा मेरा छोराछोरी डराएर कराउँदै तल झरे। मैले यति शक्तिशाली कम्पन पहिले कहिल्यै महसुस गरेकी थिइनँ,’ उनले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग भनेकी छन्।

गएरातिको ६.३ म्याग्निच्युडको भूकम्प गएपछि कम्तिमा पाँचवटा पराकम्प आएका छन्। जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको रहेको सिएनएनले जनाएको छ। स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको म्याग्निच्युड ६.३ रहेको छ । एजेन्सीले यसबाट ठूलो संख्यामा हताहत हुनसक्ने चेतावनी दिएको छ । मजार–ए–शरीफ राजधानी रहेको बाल्ख प्रान्तका तालिबान प्रवक्ताले स्थानीय समयअनुसार राति करिब २ बजे सामाकि संजाल ‘एक्स’मा एक पोस्ट लेख्दै प्रान्तका सबै जिल्लाहरूबाट सामान्य चोटपटक र सतही क्षतिका रिपोर्टहरू प्राप्त भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “धेरैजसो चोटपटक अग्ला भवनहरूबाट खसेका कारण लागेका हुन् ।” तर, उनले अहिलेसम्म कुनै महत्त्वपूर्ण समस्या नदेखिएको स्पष्ट पारेका छन् । पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको मजार–ए–शरीफ सहरका धेरै बासिन्दाहरूले भूकम्पपछि घर भत्किने डरले सडकमा निस्किएका एएफपीले जनाएको छ ।

गत अगस्ट महिनामा पनि अफगानिस्तानको पूर्वी भागमा ६ म्याग्निच्युडको भूकम्पले कम्तीमा २ हजार २०० जनाको मृत्यु र हजारौंको घाइते भएका थिए। त्यस्तै, २०२३ अक्टोबरमा पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको अर्को भूकम्पमा २,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top