Nepal Times
Nepal Times
3
Shares

अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिज विजयी

अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिज विजयी

२४ कार्तिक, एजेन्सी । अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजले ४७ रनको विजय हासिल गरेको छ । पहिलो खेल पनि जितेको क्यारेवियन टोलीले तीन एकदिवसीय शृंखला आफ्नो पक्षमा समेत पारेको छ ।

भारतको लखनउमा भएको खेलमा मध्यक्रमका निकोलास पूरनको अर्धशतकीय पारीको मद्धतमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रनको योगफल खडा गरेको थियो ।  पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७ चौका र ३ छक्का प्रहार गरे ।

उनका अलावा ओपनर इभिन लेभिसले पनि ५४ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर साइ होपले ४३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ९८ रनको सानदार साझेदारीसमेत गरेका थिए । धर्मराएको मध्यक्रमलाई सम्हालेका पूरन खेलको म्यान अफ द म्याचसमेत बने । अफगानिस्तानका नवीन उल हकले ३ विकेट लिए ।

जवाफमा अफगानिस्तान ४५.४ ओभरमा २ सय रनमै समेटियो । उसका लागि मध्यक्रममा नाजिमुल्लाह जदरानले ५६ रनको सानदार अर्धशतकीय पारी खेले पनि अन्यले उनलाई साथ दिएनन् । रहमत साहले ३३ र मोहम्मद नावीले ३२ रन जोडेका थिए । अफगानिस्तानको पारी कमजोर बनाउन वेष्ट इण्डिजका सेल्डन कोट्रेल, जेसन होल्डर र हेडन वाल्सले समान ३–३ विकेट लिए । तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.