Nepal Times
Nepal Times
3
Shares

अफगानिस्तान बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या ६३ पुग्यो

अफगानिस्तान बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या ६३ पुग्यो

भदौ १, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइँदा मृत्यु हुनेको संख्या कम्तिमा ६३ पुगेको छ ।

शिया मुस्लिमहरुको बाहुल्य रहेको उक्त क्षेत्रमा गराइएको विष्फोटमा परी १ सय ८० जना घाइते भएका छन् । पछिल्लो घटनाले अफ्गानिस्तानमा जारी शान्ति वार्ताको भविष्यमाथि नैं प्रश्न खडा गरेको छ ।

१० दिनअघि एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । उक्त हमलाको जिम्मा तालिवानी लडाकू समूहले लिएको थियो ।

अफगानिस्तानमा अमेरिका र तालीवानी बिद्रोहीबीच युद्धबिरामका लागि वार्ता चलिरहेकै बेला आतंकबादी हमलाका श्रृंखला रोकिएका छैनन् ।

पछिल्लो समय तालिवान र इस्लामिक लडाकू समूहसहित सुन्नी मुसलमानहरुले इराकका अल्पसंख्यक मुसलमानहरुमाथि श्रृंखलावद्ध रुपमा हमला गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.