Nepal Times
Nepal Times
3
Shares

अबको १५ दिनभित्रमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

अबको १५ दिनभित्रमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

१५ माघ, काठमाडौँ । अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रसायनिक मल नेपाल आइपुग्ने भएको छ ।

केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

यसअघि नै सरकारले बंगलादेशबाट मल आयात गर्ने बताए पनि मल आउन ढिलाइ भएको हो । अबको १५ दिनभित्र भने सबै मल आइसक्ने मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए ।

यो वर्षका लागि किसानहरुलाई रासायनिक मल नपाउने समस्या नहुनेगरी प्रक्रिया अघि बढाइएको र अहिले मलको अभाव नरहेको पनि सचिव कार्कीको भनाइ छ । यस्तै विदेशबाट ल्याइएको मल भण्डारणका लागि सातै प्रदेशमा प्रक्रिया थालिएको पनि उनले जानकारी दिए ।

भारतललगायत देशबाट जीटूजी मोडलमार्फत मल ल्याएर किसानलाई वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले यो वर्ष साढे ४ लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि आर्थिक व्यवस्थापन गरिसकेको जनाएको छ ।

किसानको माग साढे ७ लाख मेट्रिक टन रहेको भए पनि तत्काललाई साढे ४ लाख मेट्रिक टन मलका लागि मात्रै पैसाको बन्दोबस्त भएको मन्त्रालयका सचिव कार्कीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.