×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अबको ५ वर्षमा सुन तोलाको अढाई लाख पुग्ने !

९ चैत्र २०८०

९ चैत , काठमाण्डौ । 

नेपाली बजारमा समेत कीर्तिमानी मूल्यमा कारोबार भइरहेको सुनको भाउ अबको ५ वर्षभित्रमा अढाई लाखसम्म पुग्ने प्रक्षेप्रण गरिएको छ । अमेरिका र यूरोप क्षेत्रका विज्ञ, विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने सुनको मूल्य केही वर्षमै निकै माथि पुग्नेछ । यस्ता प्रक्षेपणहरुलाई आधार मानेर हेर्दा सुनको मूल्य अबको ४–५ वर्षभित्रमा प्रति औंस ४१०० अमेरिकी डलर भन्दा माथि पुग्नेछ ।

हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२०० डलर हाराहारीमा छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएसँगै नेपाली बजारमा समेत भाउ बढ्ने गर्छ । बिहीबार मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । यो भनेको हालसम्मकै उच्च मूल्य हो । तर आज भने स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार सुन प्रतितोला एक हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावको सोझो असर नेपाली बजारमा पनि पर्ने भएकोले यदि प्रक्षेपणअनुसार नै सुनको मूल्य बढे नेपालमा समेत अबको ४–५ वर्षभित्र प्रतितोलामा हालको मूल्यमा ९० प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार रुपैयाँभन्दा माथि(करिब अढाईलाख) पुग्नसक्ने देखिएको छ ।

बेलायतको चर्चित ब्लग ’लाइट फाइनान्स’ले प्रकाशित गरेको एक रिपोर्टमा मुद्रास्फिति, मुद्राहरुको मूल्यमा हुने उतारचढाव, भूराजनीतिक तनावका कारण मन्दीको जोखिम, ब्याजदरहरुमा हुने तीव्र उतारचढाव तथा आपूर्ति र मागसँग अन्तरसम्बन्धित विषयलाई सुनको मूल्य रकेटको गतिमा उड्ने प्रमुख कारणको रुपमा प्रस्तुत गरिएको छ ।

विश्लेषकहरुले २०२४ को अन्त्यसम्म २५५२.१५ डलर प्रति औंससम्म पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको अहिलेको मूल्यमा १६ प्रतिशतभन्दा बढीको वृद्धि हो । यदि यो आँकलन सत्य सावित भयो भने सन् २०२४ भित्र नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ सहजै पार गर्नेछ ।

अर्थात, अबको ९ महिनाभित्र सुनको मूल्य प्रतितोला डेढलाख हाराहारी पुग्ने अनुमान गर्न सकिन्छ । विश्लेषकहरुले सन् २०२५ देखि २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ४१०० डलरभन्दा माथि पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको हाल कायम मूल्यको ९० प्रतिशतभन्दा बढीले माथि हो । वृद्धिको यही हिसाब लगाएर हेर्ने हो भने नेपालमा समेत सो बेलासम्म सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँभन्दा माथि पुग्नेछ ।

विश्लेषकहरुले सन् २०२५ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस २७०० डलरभन्दा माथि, २०२६ को अन्त्यसम्म २७६१ भन्दा माथि, सन् २०२७ मा बढेर २८०० माथि र अन्त्यसम्म केही घटेर २५८३ डलरसम्म आउनसक्ने भनेका छन् । सन् २०२८ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस २९२१ डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top