×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अबिष्कार राउतका शब्दहरूले इन्टरनेट ततायो

२ चैत्र २०८१

३ चैत , काठमाण्डौ।

“नयाँ नेपाल बनाउने सपना देख्न छोड्नुभएको छ? म त्यही सपना पुनः ब्यूँताउन यहाँ उभिएको छु! झापाको होली बेल स्कुलका स्कुल क्याप्टेन अबिष्कार राउतको यी अभिब्यक्तिहरुले अहिले सामाजिक संजाल तातेको छ।

विद्यालयको बक्तृत्वकला प्रतियोगितामा उनले देश, बेरोजगारी र नेताहरुको जालमा नेपाली जनता फसिरहेको विषय उठान गर्दै अब परिवर्तनका लागि उठ्नु पर्ने आवाज दमदार रुपमा उठाएका छन् ।

जोशपूर्ण अग्रेंजी भाषाकोे यो भाषण उनको अनौठो र जोशपूर्ण शैलीका कारणसमेत भाइरल बनिरहेको छ। उनका शब्दहरूले हजारौं नेपालीको मन छोएको छ । उनले नेपाललाई मायालु आमासँग तुलना गर्दै सोधेका छन्, “के हामी आमालाई इमानदारी, परिश्रम र समर्पण दिन सकिरहेका छौँ?“ उनको आवाजले हजारौंलाई झक्झक्याएको छ!

“मेरो मनमा आशा र जोशको आगो बलिरहेको छ, तर यो सपना बिस्तारै मेटिँदै गएकोजस्तो लाग्छ,“ उनले भावुक हुँदै भनेका छन् “अब समय आएको छ अन्धकार चिरेर इतिहास बदल्ने!“ म भित्र आशा र जोशको आगो बाल्दैछ । तर मेरो मन भारी छ किन कि उनको सपना चिप्लिदै गएको जस्तो देखिन्छ । हाम्रो आमाले हाम्रो देशले हामीलाई जन्मदिनु भयो, पालनपोषण गर्नु भो, तर बदलामा के माग्छ ?

हाम्रो इमान्दारी हाम्रो परिश्रम मात्रै, हाम्रो योगदान, तर हामी के गर्दैछौं ? उनले नेपालीको विवशताको पनि उजागर गर्दै भनेका छन्, हामी बेरोजगारीको साङलोले बाधिएका छौं । अवसरहरुका रुपमा विदेश देखिरहेका छौं । हामी राजनीतिक दलहरुको स्वार्थी लाभको जालमा फसेका छौं । भ्रष्टचारले छाल उडाएको छ। जसले हाम्रो भविष्यको उज्यालो निभाइरहेको छ ।

उनले अब युवाहरु जाग्नु पर्ने बताउँदै भनेका छन्, युवा उठ, हामी परिवर्तनका वाहक हौं । यदि तपाईले हाम्रो आवाज उठाउनु भएन भने कसले उठाउछ ? यदि तपाईले यो राष्ट्र निर्माण गर्नुभएन भने कसले गर्छ ? हामी त्यो आगो हौं जसले अन्धकारलाई भष्म पार्नेछ ।

हामी त्यो आँधी हौं जसले अन्यायलाई हटाएर समृद्धि ल्याउनेछ । अब हामीले निर्णय गर्नुपर्छ । हामी निराशाको अन्धकारमा डुब्ने कि आशाको सूर्य बनेर उदाउने ? उनले प्रश्न गरेका छन् ।अविष्कार राउतको जोशपूर्ण भाषणले हजारौं नेपालीको मन छोइसकेको छ।

उनका ती शब्दहरू केवल विद्यालयको मञ्चमा सीमित रहेनन्, बरु परिवर्तनको चाहना बोकेर देशभर गुञ्जिएका छन्। बेरोजगारी, नेताहरूको चलखेल र देशको अवस्थाबारे उनले उठाएको प्रश्नहरू धेरै नेपालीको आत्मासँग जोडिएका छन्।

“नयाँ नेपाल बनाउने सपना फेरि देख्न सकिँदैन र? उनको आवाजले युवा पुस्तालाई पुनः सोच्न बाध्य बनाएको छ। अब प्रश्न केवल उनको भाषणको होइन, यो चेतनाको झिल्को कतिसम्म फैलिन्छ भन्ने हो। अबिष्कार राउतको भिडियो तपाईंलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया दिनु होला ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top