×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अब के गर्लान् देउवा

२७ मंसिर २०७४

प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो। तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेसले पार्टीले ल्याउँदै गरेको मतले पनि सावित गर्न नसक्ने देखिइसकेको छ। समानुपातिकतर्फ समेत एमाले नै अग्रस्थानमा आएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी परिणामलाई लिएर पार्टीभित्रबाटै परिरहेका दबाब कसरी झेल्लान् ? यो खबर कुलचन्द्र न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।

कांग्रेसका नयाँ पुस्ताका नेताहरूले विशेष महाधिवेशन बोलाएरै पार्टीले कार्यकर्तामा पुनर्जागरणको सन्देश दिन आवश्यक रहेको बताउन थालेका छन्। तर देउवानिकट नेताहरू महाधिवेशन आहवान गर्ने पक्षमा देखिँदैनन्, हालको पराजयलाई सामान्य चुनावी जितहारका रूपमा लिनुपर्ने बताउँछन्।

विशेष महाधिवेशन माग गर्दै आएका केन्द्रीय नेता गगन थापा भने पहिलो पुस्ताबाट पार्टीको पुनर्जागरण सम्भावना नरहेको ठान्छन्। यसको अर्थ युवा पुस्तालाई नेतृत्व दिएकै कारण पार्टीमा पुनर्जागरण भइहाल्छ भन्ने पक्षमा उनी छैनन्। ‘नेतृत्व दिने कि नदिने भन्ने मुख्य प्रश्न होइन। अबको पाँच वर्षसम्म पार्टीलाई एक नम्बरमा पुर्‍याउन युवा पुस्तालाई काम गर्ने वातावरण दिनुपर्छ भन्ने कुरा मुख्य हो,’ उनले भने, ‘तल्लो तहसम्म पार्टीलाई पुनर्जागरण गर्न सक्ने क्षमता हामीसँग छ, पदको लोभ छैन। तर, काम गर्ने वातावरण नेतृत्वले देओस्। एक नम्बरको पार्टी बनाएर हाम्रो पुस्ताले देखाउन सक्छ।’

अर्का नेता धनराज गुरुङले हालको अवस्था आउनुका पछाडि वाम गठबन्धनमात्रै कारण नभएको बताउँदै पार्टी र सरकार सञ्चालनमा समयको वेग बुझ्न नसक्दाको परिणति देखापरेको बताए। ‘अब पुरानो पीढीले नेतृत्व छाडेर अभिभावकको भूमिकामा बस्नुपर्छ। मिति नाघेको औषधि मानिसको जीवनमा जति हानिकारक हुन्छ, पार्टी जीवनमा पनि यो पुस्ता अझै रहनु उत्तिकै हानिकारक छ,’ गुरुङले भने, ‘यो वर्गका सबै नेताले अब ठाउँ छाडिदिएर अभिभावक भएर बसिदियो भने कांग्रेस फेरि अबको पाँच वर्षमा एक नम्बरमा आउँछ।’ उनले केन्द्रदेखि तल्लो तहसम्मको पार्टी संरचनामा पुनर्गठन नै सुधारको पहिलो खुडकिलो रहेको बताए।

कांग्रेस सभापति देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने तत्कालै महाधिवेशन या महासमिति बैठक नबोलाइने धारणा राखे। समानुपातिकको गणना सकिएलगत्तै केन्द्रीय कार्यसमिति बैठक बोलाएर कमीकमजोरीबारे छलफल गरिने उनले बताए। ‘हाम्रो सबैभन्दा कमजोरी आफूले गरेका राम्रा कामलाई पनि प्रचार गर्न नसक्नु हो,’ महतले थपे, ‘अब कांग्रेसले प्रोपोगन्डाको मेसिनरी राम्ररी चलाउन र परम्परागत शैली हटाउन सक्नुपर्छ। नेतृत्वमा को रहनेभन्दा पनि हामीले के गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण छ।’ उनका अनुसार पार्टीमा आमूल सुधार आवश्यक छ, त्यो भनेको पार्टी सञ्चालन प्रणालीलाई वैज्ञानिक बनाउनु र संगठनमा व्यापक कार्यविभाजन गर्नु हो।

नेता थापाले चाहिँ पार्टीले लिने एजेन्डा र नीतिगत सिद्धान्तको प्रस्टता नेतृत्वबाटै आउनुपर्ने बताए। ‘नेतृत्व नै हामीलाई चाहिन्छ भन्दा महत्त्वाकांक्षी भनिएला, तर नेतृत्वको स्वीकार्यतासँगै पार्टीको एजेन्डामा प्रस्टता हुन सक्यो भने हामी पार्टीलाई एक नम्बर बनाउने अभियान सुरु गर्छौं,’ उनले भने।

समानुपातिकतर्फको मतगणनाले वाम गठबन्धनका कारण मात्रै नभएर कांग्रेसको आफ्नै जनमत पनि खस्केको देखाउँछ। २०६४ को चुनावमा यस्तै हार व्यहोरेको कांग्रेस तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा भएको ०७० सालको चुनावमा पहिलो दल बन्न सफल भएको थियो। त्यसपछि कांग्रेस ठूलो दल भएकै अवस्थामा संविधान जारी भयो। संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण स्थानीय तह (पहिलो चरणमा माओवादी नेतृत्वमा भएको बाहेक) प्रदेश र संघीय निर्वाचनसमेत कांग्रेसकै नेतृत्वमा सम्पन्न भए। तर, कांग्रेसलाई चुनावमा जनताले पत्याएनन्। कांग्रेस नेता थापाका अनुसार सरकारका केही गलत कामकारबाहीका कारण सबै राम्रा र ऐतिहासिक काम छायामा पार्ने गरी कालो बादल लाग्यो, जसलाई चिरेर कांग्रेस नेतृत्व अघि बढ्न सकेन।

कांग्रेसको पराजयलाई धेरै नेताले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठानेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले देउवालाई पार्टी संगठनको भन्दा सत्ता राजनीतिसँग बढी चिन्ता भएकै कारण पार्टीका काम ठप्पप्राय: भएको बताए। सरकारमा रहँदा पनि देउवाले आम जनमतविपरीत आईजीपी प्रकरण, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने, विवादास्पद व्यक्तिलाई राजदूत बनाउनेलगायत निर्णय लिए, जसले कांग्रेसको सहरी जनमतलाई बढी चिढायो।

देउवाले सभापति निर्वाचित भएको दुई वर्ष बित्न लाग्दा पनि पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री बनाउन सकेका छैनन्। केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन। ४२ विभाग बन्न सकेका छैनन्। राष्ट्रिय र समसामयिक एजेन्डामा पार्टीभित्र छलफल गर्ने क्रम टुटेको छ। केन्द्रीय कार्यसमितिको बैठक महिनौं बोलाइन्न।

‘गिरिजाप्रसाद कोइरालाले सत्ता र शक्तिमा मात्र रमाउने संस्कृतिको विकास गरे, देउवाले त्यसैलाई चरमोत्कर्षमा पुर्‍याउने काम गरे,’ ती नेताको भनाइ छ, ‘शक्ति आर्जन गर्नका लागि पार्टीको नेतृत्वमा आउने र नेतृत्वमा आइसकेपछि त्यसैलाई उपयोग गर्दै सत्ता राजनीति मियो बन्ने गिरिजाप्रसादकै प्रवृत्ति देउवामा हावी देखिन थाल्यो। त्यसैले पार्टी कमजोर बन्दै गयो।’

महत विगतमा पनि त्यस्तै भएकाले अहिलेको नेतृत्वको आलोचना गरेरमात्रै समाधान नहुने बताउँछन्। केही समयअघि यस्तै आलोचना हुँदा देउवाले आफू निकटहरूसँग ‘गिरिजाप्रसाद र सुशील कोइरालाले त्यही गर्दा हुने, मैले गर्दा किन नहुने ? भनी टिप्पणी गरेका थिए।’ ‘अघिल्लो पुस्ताले पनि त्यस्तै गरेकाले अहिले पनि त्यही शैलीमा पार्टी सञ्चालन भएको हो, तर यो शैलीमा अब चल्दैन,’ महतले भने, ‘वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न पार्टीमा आमूल परिवर्तन हुन आवश्यक छ।’

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top