×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

२७ मंसिर २०८२

२६ मंसिर , काठमाण्डौ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।

पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो ।

गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गएको संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक उपाधी जित्ने दाउमा छ ।

लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । यस सिजन विराटनगर किंग्सलाई पनि उपाधि दाबेदारका रुपमा हेरिएको थियो । तर रोचक के रह्यो भने दुई क्वालिफायरबाट हार भोगेको विराटनगरले दुवै खेलमा सय रन कटाउन सकेन ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७८ रनमा समेटिएको विराटनगर दोस्रो क्वालिफायरमा लुम्बिनीसँग ९४ रनमा समेटिएको हो । बलिङ युनिटले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरे पनि फाइनल पुग्नबाट विराटनगर रोकिनुमा ब्याटिङ लाइनको कमजोरी प्रमुख कारण बनेको छ ।

प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो । यता समूह चरणमा एउटा मात्र हारको सामना गरेको सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा छ ।

अर्कातर्फ लिग चरणका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेर अन्तिममा जित्नै पर्ने दबाबपूर्ण ६ खेलमा सबै जित निकाल्दै फाइनल पुगेको लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् ।

रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने दीपेन्द्र उपकप्तान हुन् । त्यसैले अब भोली कप्तान र उपकप्तानको भिडन्तलाई धेरै चासोका रुपमा हेरिएको छ । लुम्बिनीले दोस्रो क्वालिफायरसमेत गरी लगातार पाँच जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो ।

लिग चरणको खेल सकिँदा सात खेलमा चार जित दर्ता गर्दै प्लेअफमा पुगेको लुम्बिनी लायन्सले एलिमिनेटर र दोस्रो क्वालिफायर चरण पार गर्दै फाइनलमा स्थान बनाउँछ भनेर निकै कमले सोचेका थिए ।

एनपीएलका समर्थकहरूले पनि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको लिग चरणको खेल हेरेर यी दुईको फाइनल हुने अड्कलबाजी गरेका थिए । तर हरेक अड्कल र अपेक्षा विपरीत लुम्बिनी लायन्सले फाइनलमा स्थान बनाएको हो ।

काठमान्डु गोर्खाज र विराटनगर किंग्सलाई पाखा लगाउँदै लुम्बिनी लायन्सले फाइनलको यात्रा तय गरेको हो । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई हराएपछि लुम्बिनी लायन्सका ओपनिङ ब्याटर डार्सी सर्टले भन्छन्, ‘हाम्रो लागि गुमाउनु केही पनि छैन । प्रेसर सुदूरपश्चिम रोयल्सलाई हुनेछ।’

उनले लुम्बिनी लायन्सलाई ‘अन्डरडग’को रूपमा आएको टिम भएकाले प्रेसर नहुने बताएका छन् । ‘हामीलाई अन्डरडगको रुपमा हेरिएको थियो। हामी जसरी खेल्यौं, त्यस हिसाबले कुनै पनि प्रेसर हुने छैन। आशा छ हामीले यस्तै खेल्छौ र ट्रफी पनि जित्नेछौँ।’

हुन पनि लिग चरणको उतारचढाव र त्यसपछि लगातारको जितसँगै लुम्बिनीको मानसिकता भने बलियो रहेको छ । लिग चरणको तालिकामा आफूभन्दा माथि रहेका दुई टोलीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएकाले लुम्बिनी फाइनल खेलमा पनि उपाधिमै आफ्नो नजर राख्नेछ ।

तर सुदूरपश्चिमलाई हराउन निकै नै मेहेनेत गर्नुपर्ने हुन्छ । सिजनभर एक खेलमात्र हारेको रोयल्स सुदूरपश्चिमको बाघजस्तै बनेको छ । मैदानमा शिकार कसरी गर्ने भनेर उसका रणनीतिहरुले अहिलेसम्म साथ दिइरहेका बेला फाइनलमा उपाधि घर लैजानेमा उ ढुक्क छ ।

त्यसैले भोलीको फाइनल निकै नै प्रतिस्पर्धात्मक र रोचक हुनेछ । यस्तै भोली एपिएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो भएको विराटनगरले २५ लाख र चौथो भएको काठमाडौं गोर्खाजले १५ लाख प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट नेपाली खेलाडीलाई प्रदान गरिने कारका लागि पाँच जना दाबेदार रहेका छन् । जसमा फाइनल खेल मात्रै बाँकी रहँदा तीन जना ब्याटर उत्कृष्ट खेलाडीका लागि दाबेदार छन् ।

तर, सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा रहेका एडम रोसिङटनको टोली पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिसकेको छ । उनी इङ्ल्यान्डका खेलाडी हुन् । त्यसैले सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो र तेस्रो स्थानमा रहेका सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी र लुम्बिनी लायन्सका रोहित पौडेल दाबेदार बनेका हुन् ।

बलरतर्फ पनि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष तीन स्थानमा रहेका विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ल छन् ।

सन्दीपको टोली विराटनगर दुवै क्वालिफायरमा पराजित हुँदै प्रतियोगितबाट बाहिरिइसकेको छ भने अविनाशको सुदूरपश्चिम र शेरको लुम्बिनी उपाधिको दौडमा छ । ब्याटिङ र बलिङमा यी पाँच जनालाई पछ्याइरहेका अन्य नेपाली खेलाडी धेरै पछाडि छन् ।

उनीहरूका टोली पनि प्रतियोगिताबाट बाहिरिइसकेका छन्। एनपीएलमा कारको दाबेदारमध्ये पहिलो नम्बरमा छन्, विनोद भण्डारी । सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर भण्डारी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् ।

उनले आठ खेलमा दुई सय ६४ रन बनाएका छन् । पहिलो नम्बरमा रहेका पोखरा एभेन्जर्सका एडम रोसिङटनले तीन सय २३ रन बनाएका छन् । एनपीएलमा विनोदले दुई वटा अर्धशतक बनाएका छन् ।

दुवै पटक प्लेअर द म्याच भएका छन्। एनपीएलमा दुई अर्धशतक बनाउने अर्का नेपाली खेलाडी पोखराका कुशल भुर्तेल मात्रै हुन् । कारका अर्का दाबेदार हुन्, रोहित पौडेल । लुम्बिनी लायन्सका कप्तान रोहित सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् ।

उनले नौ खेलमा दुई सय ६० रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ४९ रन हो । लुम्बिनीका लागि पाँचौ खेलमा पोखरालाई तीन विकेटले पराजित गर्दा रोहित प्लेअर अफ द म्याच भएका थिए ।

यस्तै सातौं खेलमा जनकपुरविरुद्ध ३४ रन बनाएर उनी प्लेअर अफ द म्याच भएका थिए । विराटनगर किंग्स दोस्रो क्वालिफायरमा पराजित भए पनि कप्तान सन्दीप लामिछाने कारको दाबेदार छन् ।

उनले नौ खेलमा १७ विकेट लिएका छन्। सर्वाधिक विकेट लिनेको सूचीमा उनी शीर्षस्थानमा छन् । एनपीएलमा ३६ ओभर बलिङ गरेका सन्दीपले एक सय ७७ रन मात्रै खर्चेका छन् । उनले औषतमा प्रतिओभर ४.९१ का दरले रन दिएका छन् भने औषतमा १०.४१ प्रतिशतका दरले विकेट लिएका छन् ।

एनपीएलमा उनले जनकपुरविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । चार ओभर बलिङ गर्दा ११ रन खर्चेर चार विकेट लिएका थिए । त्यस खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए । एक खेलबाहेक उनले आठ खेलमा विकेट लिएका छन् ।

कारको दाबेदारका रुपमा रहेका अर्का बलर हुन्, अविनास बोहरा । सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलका अविनाश सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो नम्बरमा छन् ।

उनले आठ खेलमा १६ विकेट लिएका छन् । उनले जनकपुर बोल्टसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो खेलमा चार ओभर बलिङ गरेका अविनाशले ३० रन खर्चेर चार विकेट लिएका थिए । अविनाशको एनपीएल यात्रा सम्झनलायक बनेको छ। उनले सबै खेलमा विकेट लिएका छन् ।

यस सिजन चम्किएका युवा बलर शेर मल्ल पनि कारको दाबेदार छन् । लुम्बिनी लायन्सको भरपर्दो खेलाडी शेर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् ।

शेरले काठमाडौं गोर्खाजविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिएका थिए । लुम्बिनीले काठमाडौँलाई चार विकेटले पराजित गरेको खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए ।

यस्तै विराटनगरविरुद्ध तीन विकेट लिएको छैटौं खेलमा उनी प्लेअर अफ द म्याच पनि भएका थिए । सातौँ खेलमा जनकपुरविरुद्ध दुई विकेट लिएर उनले लुम्बिनीलाई प्लेअफमा पुग्न सघाएका थिए ।

आठौं खेल अर्थात प्लेअफमा काठमाडौँविरुद्ध तीन विकेट लिएका थिए । काठमाडौँलाई चार विकेटले हराएर लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए ।

बिहीबार भएको विराटनगरविरुद्धको दोस्रो क्वालिफायरमा पनि उनले एक विकेट लिए भने सात रन बनाए । कारको दाबेदार रहेका पाँच खेलाडीमध्ये सुदूरपश्चिमका विनोद र अविनाश तथा लुम्बिनीका रोहित र शेरको प्रदर्शन उपाधि जित्नका लागि दुवै टोलीलाई महत्त्वपूर्ण हुनेछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले गत वर्षको एनपीएलमा उत्कृष्ट खेलाडी बन्दै कार जितेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top