×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अब यस्तो हुनेछ नेपाली राष्ट्रिय फुटबल खेलाडीले जर्सी

२० फाल्गुन २०७५

एजेन्सी, फाल्गुन २०
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एन्फाले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो । एन्फाको नयाँ लोगो पोखराका सन्दीप तिवारीले तयार पारेका हुन् ।

उक्त लोगो निर्माण गरेका तिवारीलाई एन्फाले नगद ५० हजार दिएर सम्मान गरेको छ । नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह छ । यस्तै फुटबल भित्र मुलुकको ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातै रङ राखिएको छ । यो सँगै एन्फाको दोस्रो पटक लोगो परिवर्तन गरेको हो । यसअघि २०६२र६३ को जनआन्दोलन पछि पहिलो पटक लोगो परिवर्तन गरेको थियो।

एन्फाले नेपाली राष्ट्रिय टोलीले लगाउने जर्सी पनि परिवर्तन गरेको छ । नयाँ जर्सी एकै ढाँचाको रहेकोछ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनीको फरक(फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी यस पटक पनि दुई रातो र निलो रङको छ। तर, लोगो राखेको स्थान परिवर्तन भएका छन् ।

जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ । जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डाको सट्टा एन्फाको लोगो हुनेछ। राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ। यो जर्सीको डिजाइन एन्फा आफैंले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । यसैबीच एन्फाले फुटबल टिमको गीतसमेत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन्। गीतमा शिव परियार, ईन्दिरा जोशीलगायतको स्वर छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top