×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब लुक्ला जाँदा पीसीआर रिर्पोट अनिवार्य नचाहिने

११ माघ, काठमाडौं ।

सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि अनिवार्य  पिसिआर नेगेटिभ रिर्पोट चाहिने प्रावधान हटाएकाे हाे ।

१० माघबाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए। गाउँपालिकाले सबै हवाई कम्पनीलाई पत्र काटि यस्तो जानकारी गराएको छ ।

अहिले लुक्लामा काठमाडौं र रामेछापको मन्थलीबाट उडान भइरहेको छ । अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिलाई पासाङल्हामु निकोल निक्की अस्पताल लुक्लामा एन्टीजिन परीक्षण गर्न स्वाव संकलनको व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाको यो निर्णयसँगै सगरमाथा आधार शिविरको यात्रामा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज हुने भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top