Nepal Times
Nepal Times
3
Shares

अब लुक्ला जाँदा पीसीआर रिर्पोट अनिवार्य नचाहिने

अब लुक्ला जाँदा पीसीआर रिर्पोट अनिवार्य नचाहिने

११ माघ, काठमाडौं ।

सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि अनिवार्य  पिसिआर नेगेटिभ रिर्पोट चाहिने प्रावधान हटाएकाे हाे ।

१० माघबाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए। गाउँपालिकाले सबै हवाई कम्पनीलाई पत्र काटि यस्तो जानकारी गराएको छ ।

अहिले लुक्लामा काठमाडौं र रामेछापको मन्थलीबाट उडान भइरहेको छ । अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिलाई पासाङल्हामु निकोल निक्की अस्पताल लुक्लामा एन्टीजिन परीक्षण गर्न स्वाव संकलनको व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाको यो निर्णयसँगै सगरमाथा आधार शिविरको यात्रामा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज हुने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.