Nepal Times
Nepal Times
3
Shares

अब सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय बन्ने

अब सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय बन्ने

१५ भदौ,काठमाडौं ।

सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुनेगरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

१२ औं पुस्तकालय दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धी नीति लिएको स्मरण गराए । मन्त्री पोखरेलले पुस्तकालय संचालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.