Nepal Times
Nepal Times
3
Shares

अब २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने, युरोप र खाडी क्षेत्रका मुलुकबाट आउनेलाई रोक

अब २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने, युरोप र खाडी क्षेत्रका मुलुकबाट आउनेलाई रोक

५ चैत, काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो । त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाईएको छ । समितिले सबै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदीलाई २०७७ साल बैशाख १८ गते सम्म बन्द गर्न भनेको छ । यस सम्बन्धी सुचना गृहमन्त्रालय , संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरि कार्यविभाजन गरिएको छ ।

बैठकले सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु आअ‍ेसारपसार नगर्न , नगराअउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । साथै सर्वसाधरण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्दै नेपाल प्रहरीलाई सार्वजनिक यातायातको अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

समितिले सार्वजनिक महत्व र मानिसहरु बढी जमघट हुने स्थानहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्न भनेको छ । सार्वजनिक यातायातका सवारी धनीलाई पनि यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसइन्फेक्सन गर्न लगाउन भनिएको छ ।

त्यसैगरी सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु,इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरु संगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो । यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फक्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । नेपाल सरकारद्धारा ट्राभल एडभाईजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने गरि व्यवस्था गर्न वायु सेवा कम्पनीहरुलाई निर्देशन पनि गरिएको छ ।

सरकारले भोलि विहिबारदेखि सुरु हुने एसईई परीक्षा भने सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने गरि प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेक्स स्थापना गर्ने भएको छ । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्त सम्मका लागि बन्द गरिने भएको छ ।

त्यसैगरी, होटल, रेष्टुरन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने सेनिटाईजर लगायत सफाईका सामाग्रीहरुको प्रबन्ध गरी टेबल कुर्सी,, बार रेलिङ्ग र शौचालय आदी स्थानहरुमा नियमित रुपमा डिसइन्सेक्सन गर्न लगाउने निर्णय बैठकले गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.