×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अब ३२ वर्ष मुनिका मात्रै विद्यार्थी नेता

१५ पुष २०८१

१५ पुष , काठमाण्डौ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ ।

मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।

अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर हद लगाउनुपर्ने पक्ष विजय भएको निर्वाचन समितिले जनाएको छ। आइतबार राति सार्वजनिक नतिजाअनुसार, १ हजार ७८९ मत खसेकामा ९०० मत ३२ वर्षको उमेरहद लगाउने पक्षमा परेको छ।

उमेर हद नलगाउने पक्षमा ९७९ मत परेको छ। २१ मतको अन्तरले उमेर हद लगाउने प्रस्तावको जित भएको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएका छन्। कुल मतदाता भने २ हजार ३९८ थिए। निर्वाचन समितिले दोसो चरणको केन्द्रीय समितिको पदाधिकारी. केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीहरूको निर्वाचन कार्यक्रम पनि प्रकाशन गरेको छ।

जसअनुसार माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु गरी मतदान कार्य माघ १२ गते शनिबारका लागि तोकिएको छ। पुस १५ अर्थात् सोमबारका लागि तय गरिएको मनोनयन दर्ता कार्यक्रम रद्द गरिएको छ। अन्य कार्यतालिका पछि प्रकाशित गरिने पनि निर्वाचन समितिले जनाएको छ।

गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो। अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतले दाबी गरेका छन्।

३२ वर्षे उमेर हद लागू भएपछि अब अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिएका छन् । क्रान्तिकारीको संगठनात्मक संरचनाअनुसार भौगोलिक र गैरभौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा उमेरहद ३२ लगाउने वा खुला गर्नेबारे शनिबार मतदान गरिएको थियो। अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक विधानउपर मतदान भएको हो।

एक सय ७८ सदस्यीय पदाधिकारीमध्ये निवर्तमान उपाध्यक्षबाट प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने देखिएको छ । अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण बाहिरिएका छन् । यस्तै निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् ।

यसै गरी उपमहासचिवमा ५÷७ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् । यद्यपि उमेरहदसम्बन्धी निर्वाचन प्रक्रियालाई लिएर निवर्तमानबाट अध्यक्षका दाबेदारहरू असन्तुष्ट देखिएका छन् ।

निर्वाचन आयोगका भूमिकाप्रति पनि उनीहरूले विरोध जनाएका छन् । यसअघि असोज १० देखि १५ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top