×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अब ५० लाख डलरमा अमेरिकी नागरिकता

१४ फाल्गुन २०८१

१४ फागुन,एजेन्सी ।

अवैध आप्रवासीहरुलाई खोजीखोजी लखेटिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब मोटो रकम ल्याउन सक्ने धनी आप्रवासीका लागि भने नयाँ भिसा कार्यक्रम घोषणा गरेका छ । उनले ’ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् ।

यसलाई ५० लाख डलरमा किन्न सकिने छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकता पाउने बाटोको रूपमा वर्णन गरेका छन् । अमेरिकी राष्ट्रपतिले ’ट्रम्प गोल्ड कार्ड’ लाई इबी–५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए ।

उनले यो पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सक्ने पनि दाबी गरेका छन् । हाल अमेरिकामा नागरिकता प्राप्त गर्न इबी–५ भिसा कार्यक्रम छ । यो १९९० देखि लागू भएको हो । यस भिसा कार्यक्रमको उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो ।

उक्त भिसा कार्यक्रममा सामेल हुने मानिसले कम्तिमा १ मिलियन डलर बराबरको लागानी गर्नुपर्नेछ जसले कम्तिमा १० रोजगारी सिर्जना गर्ने हुनुपर्ने प्रावधान रहेको छ । नयाँ भिसा कार्यक्रमका लागि भने झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ ।

सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् ।

साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ ।‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । ‘के तपाईंले रूसी अर्बपतिहरूलाई पनि यो कार्ड बिक्री गर्ने विचार गर्नुभएको छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हो, सम्भव छ। म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल व्यक्ति हुन् ।’

ट्रम्पसँगै उभिएका व्यापार सचिवले गोल्ड कार्डले हालको ईबी–५ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताए । ईबी–५ कार्यक्रम अन्तर्गत, विदेशी लगानीकर्ताहरूले अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ, त्यसपछि मात्र उनीहरू आप्रवासनका लागि भिसा आवेदन दिन सक्छन् ।

लुटनिकले भने, ‘उत्कृष्ट अन्तर्राष्ट्रिय नागरिक हुन् भन्ने सुनिश्चित गर्न उनीहरू बारे हामी निश्चित रूपमा अनुसन्धान गर्नेछौं ।’ उता युरोपको एक देश जर्मनीले पनि अमेरिकाकै नक्साकदम पछ्याउँन थालेको छ ।

जर्मनीमा अब फ्रेडरिक मत्र्ज देशको नयाँ प्रमुख अर्थात् चान्सलर बन्न सक्ने जनाइएको छ । उनलाई अमेरिकाको ठूलो समर्थक मानिन्छ तर युरोप र युक्रेनका सम्बन्धमा ट्रम्पका पछिल्ला भनाइका कारण अब उनले अमेरिकाबाट टाढिने कुरा गरिसकेका छन् ।

यद्यपि, मत्र्ज र ट्रम्पबीच ठूलो समानता पनि छ । ट्रम्प जस्तै उनी पनि ‘नेशन फस्र्ट’ भन्ने सोच्छन् । गैरकानुनी आप्रवासीहरूप्रति उनको दृष्टिकोण ट्रम्पको जस्तै कट्टरपन्थी रहेको छ, उनी आप्रावासी प्रति ट्रम्प जस्तै अनुदार रहेका छन् ।

जर्मन चुनावको नतिजा बाहिर आएपछि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने, ‘जर्मनीमा कन्जरभेटिभ पार्टीले जित हासिल गरेको छ । अमेरिकाजस्तै जर्मनीका जनता पनि विचारहीन एजेन्डाबाट दिक्क थिए । विशेष गरी ऊर्जा र आप्रवासीको मुद्दामा।

आज जर्मनीको लागि ठूलो दिन हो।’ अमेरिका र धेरै युरोपेली देशहरू जस्तै जर्मनीमा पनि ठूलो संख्यामा अवैध आप्रवासीहरू आउँछन् । यो समस्या समाधान गर्न मत्र्जले अध्यागमन कानूनलाई कडा बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।

गोल्डेन भिसा’ कार्यक्रमहरू संसारभरका विभिन्न देशहरूले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सञ्चालन गरेका विशेष भिसा योजनाहरू हुन्। यी कार्यक्रमहरू अन्तर्गत, निश्चित मात्रामा लगानी गर्ने विदेशी नागरिकहरूलाई ती देशहरूमा बसोबास र काम गर्ने अनुमति प्रदान गरिन्छ।

तथापि, पछिल्ला वर्षहरूमा केही देशहरूले भने यी कार्यक्रमहरूमा परिवर्तन गरेका छन्। पोर्चुगलले ’गोल्डेन भिसा’ कार्यक्रममार्फत विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्दै आएको छ। यो कार्यक्रम अन्तर्गत, न्यूनतम दुई लाख ८० हजार युरोको लगानीमा आवासीय अनुमति प्राप्त गर्न सकिन्छ।

पाँच वर्षपछि, आवेदकहरूले नागरिकताको लागि आवेदन दिन सक्नेछन्। यस्तै ग्रीसले पनि ’गोल्डेन भिसा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा दुई लाख ५० हजार युरोको न्यूनतम लगानीमा आवासीय अनुमति प्राप्त गर्न सकिन्छ।

यो कार्यक्रम विशेष गरी तीव्र प्रक्रियाका लागि परिचित छ, जहाँ आवेदन दिएको ६० दिनभित्र अनुमति प्राप्त गर्न सकिन्छ। सन् २०२३ मा, ग्रीसले पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिएको थियो। इन्डोनेसियाले पनि आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई वृद्धि गर्न विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने रणनीतिस्वरूप ’गोल्डेन भिसा’ योजना ल्याएको छ।

यो कार्यक्रम अन्तर्गत, विदेशी लगानीकर्ताहरूलाई ५ देखि १० वर्ष अवधिको लागि भिसा प्रदान गरिन्छ । यसबाहेक खाडी लगायतका अन्य राष्ट्रहरुले पनि विभिन्न प्रावधानसहित गोल्डेन भिसा जारी गर्दै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top