Nepal Times
Nepal Times
3
Shares

अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई वितरण गरे पाँच लाखको राहत

अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई वितरण गरे पाँच लाखको राहत

१ बैशाख, काठमाडौँ ।
अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको राहत सामाग्री प्रदान गरेका छन् । कोरोना भाइरसको प्रभावले चलचित्र क्षेत्रका कामहरु ठप्प हुँदा निम्न आय श्रोत भएका प्राविधिकहरू अवस्था दयनीय भएपछि अभिनेता शाहले राहत सामाग्री प्रदान गरेका हुन् ।

केही दिन अघि ५ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका शाहले आफ्नो बचन पुरा गरेका छन् । चलचित्र प्राविधिक सङ्घ नेपालका प्रमुख पुष्कर लामाको उपस्थितिमा पलले राहत वितरण गरेका हुन् । उनले पाँच हजार किलो चामल, चार सय लिटर तेल, दुई सय दर्जन बिस्कुट,पाँच सय किलो कालो दाल, चार सय किलो आँटा लगायत खाद्यान्न वितरण गरेका छन् ।

उनले आफूले यसरी सहयोग गर्न पाउँदा खुसी लागेको र आफ्ना सङ्घर्षका दिन सम्झिएको बताए । उनले हरेकले अप्ठेरोमा परेकालाई सक्दो सहयोग गर्न र कसैलाई आफ्नो दैनिकी चलाउन अप्ठेरो नहोस् भन्ने सोच्न आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.