×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अभिभावकको समर्थनमा प्रधानाध्यापकको पुनर्बहाली

१ जेष्ठ २०७५

काँकडभिट्टा, १ जेठ ः पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुनर्बहाली भएका छन् ।

एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेपछि अभिभावक, विद्यालय सञ्चालक र जनप्रतिनिधिको संयुक्त भेलाले प्रधानाध्यापकको तत्काल पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

पुनर्बहाली भएका प्रधानाध्यापक सेढाईलाई अभिभावकले अबीरजात्रा समेत गरेका छन् । लिटल एन्जेल्समा सीके कार्की, सुभाष शेर्पा र मनबहादुर तामाङ सञ्चालक रहेका छन् ।

प्रधानाध्यापक सेढाईले आफ्ना नानीहरुको पढाइ लेखाइमा अत्यन्त सुधार ल्याएको हुँदा उनलाई नहटाउन माग गर्दै आन्दोलित हुनु परेको अभिभावकसमेत रहेकी मेचीनगर–१३ की रीता परियारले बताइन् ।

अभिभावक र विद्यार्थीले मन पराएको प्रधानाध्यापकलाई हटाएर सञ्चालकले गल्ती गरेको स्थानीय रेणुका नेपालले बताइन् । प्रधानाध्यापक सेढाँई आएपछि लिटल एन्जेल्समा विद्यार्थी संख्या ह्वात्तै बढेको र विद्यालयको भौतिक विकाससमेत भएको अभिभावक कमला भण्डारीको धारणा छ ।

प्रधानाध्यापक सेढाँईलाई के कारण हटाइएको हो भन्नेबारेमा विद्यालय सञ्चालकले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । केही दिन अघि स्थानीय एक मिडियामा “प्रधानाध्यापक सेढाईले विद्यार्थी र शिक्षकलाई यातना दिने गरेको” भन्ने समाचार आएको थियो । तर त्यो समाचार गलत र सञ्चालकको स्वार्थका लागि आएको अभिभावक बताउँछन् ।

सञ्चालकबाट पीडित बनेका प्रधानाध्यापक सेढाँई न्याय खोज्दै मेचीनगर–१३ को वडापालिका समेत पुगेका थिए । उनले वडा कार्यालयमा आफूलाई न्याय दिलाइदिन माग गरेको वडाध्यक्ष कृष्ण सिग्देलले बताए ।

वडा कार्यालयले विवाद मिलाउन सोमबार बिहानैदेखि सञ्चालक र अभिभावकका प्रतिनिधिलाई राखेर छलफल चलाएको थियो ।

राजनीतिक अगुवासमेत रहेको छलफलबाट प्रधानाध्यापकलाई तत्कालै पुनर्बहाली गर्ने निर्णय भएको मेचीनगर नगरपालिकाकी नगर कार्यपालिका सदस्य निरु परियारले बताइन् ।

छलफलमा वडाध्यक्ष कृष्ण सिग्देल, नगर कार्यपालिका सदस्य निरु परियार, विद्यालयका पूर्व अध्यक्षहरु पुष्पराज कार्की, सन्तोष न्यौपानेलगायतको उपस्थिति थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top