×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमरेश सिंहविरुद्ध खनिए सर्लाहीका जनप्रतिनिधि

७ कार्तिक २०७८

७ कार्तिक, सर्लाही ।

प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसका कार्यकर्तालाई गौरव महसुस हुने काम गर्ने बताएका छन् ।

शनिवार उनकै क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ स्थित कांग्रेस क्षेत्र नम्बर ४ ले आयोजना गरेको दिपावली तथा छठ पर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सिंहले क्षेत्रमा विकास गरेर भोट माग्ने बताए ।

’मैले यो क्षेत्रमा गर्ने विकासले नै मैले पाउने भोट तय हुन्छ,’ उनले कार्यक्रममा सम्बोधन गर्दै भने ,’म विकास गरेर देखाउँछु, नेपाली कांग्रेसका कार्यकर्ताहरुले गौरव महसुस गर्नु हुनेछ ।’ उनले आउने निर्वाचनमा भोट माग्न जाँदा कार्यकर्तालाई अफ्ठेरो नपर्ने दाबी गरे ।

उनले आफूले क्षेत्रमा २० करोड बढीको विकास गरेर देखाउनेसमेत ठोकुवा गरे । ’मैले सांसदकै रुपमा गरेको विकासको मुल्यांकन भएको होला नै । मन्त्री भएपछि झनै बढेको अपेक्षालाई अवश्य पूरा गर्नेछु,’ मन्त्री सिंहले भने । उनले आफ्नो क्षेत्रमा एक फुटबल र क्रिकेटको सानो बजेटको स्टेडियम बनाउने बताए । उनी भन्छन्, ’हाम्रो क्षेत्रका खेलाडीहरुको खेलमा सुधार ल्याउन सक्दो वातावरण मिलाउने छु ।’

क्षेत्रीय सभापति राम आश्रेय शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जंगीलाल राय प्रमुख अतिथि थिए । उनले नेपाली कांग्रेसलाई अब जनताले जिताएर पठाउने विश्वास व्यक्त गरे । ’जनताको मतको कदर गर्न नसक्नेलाई अब जनताले कदर गर्ने छैनन्’ राय भन्छन्,’अहिले हामीले सम्हाल्दिनु परेको छ , अब जनताले पनि हामीलाई सुम्पिने छन् ।’

यस्तै कार्यक्रममा क्षेत्रमा रहेको ५१ वटा वडा सभापतिहरुको तर्फबाट बोल्दै बरहथवा वडा नम्बर १४ का सभापति श्याम कार्कीले कांग्रेस पार्टी सधै जनतासँग साथै रहेको बताए ।

’हामी सरकारबाट बाहिर रहदा पनि जनतासँग थियौ र सरकारमा आउँदा पनि जनतासँगै छौँ’ कार्कीले भने । यद्यपि उनले पार्टीको कार्यकर्ताको मनोबल गिराउने काम पार्टीकै केहि व्यक्तिबाट भएको भन्दै खबरदारी समेत गरे ।

उनले संघीय सांसद अमरेश सिंहलाई इङ्गित गर्दै कार्यकर्ताको एकता टुक्र्याउन र पार्टीलाई कम्जोर बनाउन लागेको आरोपसमेत लगाए ।

’कांग्रेसलाई कम्जोर बनाउन खर्च गरेको समय कार्यकर्ताको भलाइमा लगाउनुस् । अनिमात्र तपाइको साथमा कार्यकर्ता हुनेछन्,’ कार्कीले भने । उनकै कुरालाई समर्थन गर्दै नेपाली कांग्रेस सर्लाही जिल्ला उपसभापति सुरेन्द्र सिंहले पनि सांसद अमरेशको क्रियाकलाप पार्टी पद्धति विपरीत देखिएको आरोप लगाए ।

’कहीकतै कार्यक्रम हुन्छ । तर त्यहाँ कांग्रेस हुँदैनन् , किन उहाँ कार्यकर्तासमक्ष आउन डराई रहनु भएको छ ?’ उपसभापति सिंहले प्रश्न गरे, ’कांग्रेसको भोटले सांसद बनेर कांग्रेसकैविरुद्ध लाग्नु हुन्छ भने ठिक हुँदैन ।’

कार्यक्रममा पुर्व सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, सर्लाही जिल्ला सभापति नागेन्द्र राय, सर्लाही क्षेत्र नम्बर ४ ख प्रदेश सभा सांसद उपेन्द्र कुमार कुशवाहा, सर्लाही क्षेत्र नम्बर ३ का पुर्व सांसद हरेश प्रसाद महतो, बरहथवा नगरपालिका मेयर प्रत्यासी रञ्जन दास, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य रघु कार्की, कांग्रेस नेता रामहरी न्यौपाने लगायतका सर्लाही क्षेत्र नम्बर ४ का कांग्रेसबाट निर्वाचित स्थानीय निकायका पदाधिकारीसहित २ हजार कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top