Nepal Times
Nepal Times
3
Shares

अमेरिकन चलचित्रमा अभिनय गर्दै स्वस्तिमा र केकी

अमेरिकन चलचित्रमा अभिनय गर्दै स्वस्तिमा र केकी

२५ बैशाख, काठमाडौँ ।
नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन् ।

अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा उनीहरु अनुबन्धित भएका हुन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् भने केकीले उनकी दिदीको भुमिका निर्वाह गर्ने जनाईएको छ ।

लकडाउन सुरु हुनुभन्दा अघि नै निर्माण पक्षसँग लिखित सम्झौता पूरा भइसकेको छ । केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो । स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरुले पनि अडिसन दिएका थिए । चलचित्रमा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ ।

चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले सार्वजनिक गरिएको छैन । चलचित्रको सम्पूर्ण छायांकन पनि अमेरिकामा नै हुनेछ । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायांकन सुरु हुने नायिका खड्काले बताइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.