×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकाको अल्टिमेटमले इमरान जेल पुगे,दस्तावेजले पोल खुल्यो

२५ श्रावण २०८०

२५ साउन,एजेन्सी ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना काण्डमा दोषी पाएपछि तीन वर्षको जेल सजाय भोग्नुभएको छ । अप्रिल २०२२ मा अविश्वासको प्रस्तावबाट सत्ता गुमाएका इमरानले सधैं आफ्नो भाग्यको लागि अमेरिकालाई दोष दिएका छन्। तर अब द इन्टरसेप्टको रिपोर्टलाई विश्वास गर्ने हो भने, उनले सत्य बोलेको जस्तो देखिन्छ ।

द इन्टरसेप्ट एक अमेरिकी गैर–लाभकारी समाचार संस्था हो। उसले केही स्रोतलाई उद्धृत गर्दै अमेरिकाको दबाबमा इमरानलाई सत्ताबाट हटाइएको बताएको छ । इन्टरसेप्टले दाबी गरेको छ कि पाकिस्तान सरकारका गोप्य कागजातहरूका अनुसार अमेरिकी विदेश मन्त्रालयले मार्च ७, २०२२ मा भएको बैठकमा पाकिस्तानी सरकारलाई इमरानलाई प्रधानमन्त्री पदबाट हटाउन आग्रह गरेको थियो ।

युक्रेनमा रुसी आक्रमणमा उनको तटस्थ अडानबाट अमेरिका खुसी थिएन। लीक भएको पाकिस्तानी सरकारी कागजातमा अमेरिकी अधिकारीहरूसँगको बैठकको एक महिनापछि संसदमा अविश्वासको प्रस्ताव ल्याइएको थियो । मतदानपछि इमरान खानको सरकार ढल्यो र उनले सत्ता छोड्नुप¥यो। यो मतदान पाकिस्तानको सबैभन्दा शक्तिशाली सेनाको सहयोगमा भएको मानिन्छ।

त्यसयता इमरान र उनका समर्थकहरू सेना र उसका सहयोगीहरूसँग भिड्दै आएका छन्। जसलाई खानले अमेरिकाको आग्रहमा सत्ताबाट हटाएको दाबी गर्छन् । आन्तरिक रूपमा ’साइफर’ भनेर चिनिने केबलले अमेरिकी विदेश मन्त्रालयले खान विरुद्ध कसरी प्रयास गरेको थियो भन्ने खुलासा गरेको थियो। विदेश मन्त्रालयले इमरान खानलाई हटाए अमेरिकासँगको सम्बन्धमा सुधार आउने वाचा गरेको थियो । यदि तिनीहरूलाई हटाउन सकिएन भने सम्बन्ध पूर्ण रूपमा समाप्त हुन सक्छ ।

इन्टरसेप्टले पाकिस्तानी सेनाको अज्ञात स्रोतबाट यी कागजातहरू प्राप्त गरेको दाबी गरेको छ। उक्त व्यक्तिले इमरान खान वा उनको पार्टीसँग आफ्नो कुनै सरोकार नभएको बताएका थिए । अमेरिकाका लागि पाकिस्तानी राजदूत र विदेश मन्त्रालयका दुई अधिकारीबीचको भेटवार्ता विगत डेढ वर्षदेखि देशमा छानबिन, विवाद र अनुमानको विषय बनेको छ ।

खानका समर्थकहरू र उनका सैन्य तथा नागरिक लगातार प्रर्दशन गरिरहेका छन् । अगस्ट ५ मा भ्रष्टाचारको आरोपमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि त्याहा राजनीतिक द्वन्द्व चर्किएको छ । पछिल्लो समय त झन खानलाई चुनाव लड्न प्रतिबन्ध लगाएर संसद विघटन गर्दै नयाँ चुनावको तयारी गरिएको छ ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरानलाई इस्लामाबाद उच्च अदालतले दिएको सजायसँगै निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । तर खानका समर्थकहरूले उनीमाथि लगाइएको आरोपलाई निराधार भनेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top