×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !

४ चैत्र २०८१

५ चैत , एजेन्सी ।

आप्रवासीहरुलाई देश निकाला गर्नेदेखि पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइरहेको डोनाल्ट ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले जारी भइरसकेका भिसाको पनि छानविन गर्ने चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले विगतमा जारी भएका भिसाको पनि छानविन गरिने बताएको हो ।

विदेश मन्त्रालयले भिसा धारकहरूलाई कडा चेतावनी जारी गर्दै भिसा स्क्रिनिङ प्रक्रिया भिसा प्राप्त भएपछि पनि निरन्तर चलिरहने बताएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक सन्देशमा मन्त्रालयले अमेरिकी सरकारले भिसा धारकहरूलाई निरन्तर निगरानीमा राखेर सबै अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना सुनिश्चित गर्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

“अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेनगरेको निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना गरेनन् भने हामी उनीहरूको भिसा रद्द गर्छौं र देश निकाला गर्छौं”, मन्त्रालयले उल्लेख गरेको छ।

यो घोषणा ट्रम्प प्रशासनले आप्रवासन कानुनको कडाइका साथ कार्यान्वयन जारी राखिरहेको बेला आएको हो, जसले अमेरिकी नियमहरू उल्लङ्घन गर्ने व्यक्तिहरूले भिसा रद्द र देश निकालाजस्ता गम्भीर परिणामहरू भोग्नुपर्ने संकेत गरेको छ।

हालैका दिनहरूमा आप्रवासन नीतिमा व्यापक परिवर्तनको घटनाका रुपमा भिसा रद्द हुने घटनाहरू बढेका छन्। पछिल्लो समय हमासलाई समर्थन गर्ने दजर्नौै विद्यार्थीहरुको भिसा अमेरिकी सरकारले रद्द गरिदिएको छ ।

आतंकवादी संगठनको रूपमा राखिएको हमासलाई समर्थन गरेको आरोप लगाउँदै यो कदम चालिएको थियो।अमेरिकामा बसोबास गर्ने धेरै आप्रवासीहरुलाई डोनाल्ड ट्रम्पले उनीहरूको ग्रीन कार्ड को दर्जा खोस्न सक्ने हुन् कि होइनन् भन्ने चिन्ताले सताइरहेको छ ।

ट्रम्पको कार्यकालमा धेरै स्थायी बासिन्दाहरू यो विषयमा असहज महसुस गरिरहेका छन् । रिपोर्टअनुसार ट्रम्प वा कुनै पनि राष्ट्रपतिले व्यक्तिगत रूपमा कसैको ग्रीन कार्ड रद्द वा खारेज गर्न सक्दैनन्।

तर, सरकारसँग निश्चित कानुनी आधारहरू अन्तर्गत ग्रीन कार्ड फिर्ता लिने अधिकार हुन्छ र राष्ट्रपति द्वारा बनाइने नीतिहरूले आप्रवासन कानुन कसरी कार्यान्वयन हुन्छ भन्ने कुरामा प्रभाव पार्न सक्छ।

विशेष गरी, सरकारका नीति तथा नियमहरूले ती आप्रवासीहरूका लागि जोखिम बढाउन सक्छन् । रिपोर्टअनुसार पब्लिक चार्ज नियम बाहेक, ट्रम्प प्रशासनले आप्रवासन कार्यान्वयनलाई कडा बनाएको छ ।

जसले ग्रीन कार्ड होल्डरहरूको विगतका रेकर्डहरूको जाँच बढाएको छ । पुराना कानुनी समस्याहरू झेलिरहेका स्थायी बासिन्दाहरू वा जसको आप्रवासन मामिलामा सानातिना उल्लंघनहरू थिए ।

उनीहरु ट्रम्प प्रशासनको निशानामा परिरहेका छन् । ग्रीन कार्ड अमेरिकामा बस्न र काम गर्न दिने कानुनी अधिकार हो, तर यो कानुनी प्रणालीभन्दा बाहिरको कुनै विशेषाधिकार होइन।

विशेष परिस्थितिहरूमा, जस्तै गम्भीर अपराध प्रमाणित भएमा, बसोबास प्राप्त गर्दा ठगी भएको पाइएमा वा लामो समय अमेरिका बाहिर बसेको अवस्थामा, ग्रीन कार्ड रद्द हुन सक्छ। तर, यस्ता मामिलाहरूमा पनि कानुनी प्रक्रिया अपनाइन्छ।

अमेरिकी राष्ट्रपति कानुनी कारबाहीबिना कसैको ग्रीन कार्ड खोस्न सक्दैनन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र आप्रवासन अदालतहरूले यी मामिलाहरू हेर्ने गर्छन्, र ग्रीन कार्ड धारकहरूलाई आप्रवासन न्यायाधीशसमक्ष आफ्नो बचाउ गर्ने अधिकार हुन्छ।

जसले आफ्नो स्थायी बासिन्दा हैसियत सही तरिकाले कायम राखेका छन् र कानुनको पालन गरेका छन्, तिनका लागि ग्रीन कार्डको स्थिति सामान्यतया सुरक्षित रहन्छ। तर, जसलाई आफ्नो अघिल्लो कानुनी मामिला वा यात्रा इतिहासबारे अनिश्चितता छ, तिनीहरूका लागि विज्ञहरूले आफ्नो अधिकार र जोखिम राम्रोसँग बुझ्न आप्रवासन वकिलसँग परामर्श गर्न सल्लाह दिएका छन् ।

पछिल्लो समय अमेरिकामा कामदारभिसामा जादै गरेका एक डाक्टरलाई बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले नियन्त्रणमा लिएर डिपोर्ट गरेको छ । डाक्टर रशा अलावीहसँग मार्च ११ मा जारी गरिएको वैध एचवान बी भिसा रहेको जनाइएको छ ।

लेबनानी नागरिक उनलाई ब्राउन विश्वविद्यालयले औषधिको सहायक प्राध्यापकको रूपमा रोजगार दिएको थियो । मृगौला प्रत्यारोपण विशेषज्ञ अलावीहले यसअघि वाशिङटन विश्वविद्यालय र येल विश्वविद्यालय दुवैमा तालिम लिएकी थिइन्।

उनको देशनिकालाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा ब्राउन विश्वविद्यालयको को नेफ्रोलोजी विभाग अत्यन्तै चिन्तित भएको दाबी गरिएको छ । उनी सहायक प्राध्यापक रहेको र उनको जिम्मेवारी गम्भीर रहेको कागजातमा उल्लेख थियो ।

म्यासाचुसेट्सको डिस्ट्रिक्ट कोर्टका अन्यायाधीशले अलावीहलाई ४८ घण्टाको सूचनाविना र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कारण नखुलाईकन देशनिकाला नगर्न आदेश दिएका थिए ।

तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अदालतको आदेशलाई अवहेलना गर्दै अलावीहलाई फ्रान्स डिपोर्ट गरिसकेको छ । जहाँबाट लेबनान जाने उडान तय भएको थियो। यो घटनाबाट त्यस्ता भिसा प्राप्त गर्नेहरुमा पनि डर पैदा भएको समाचार संस्था एपीले जनाएको छ।

ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीहरूको संख्या घटाउन कडा कदमहरू चालेको छ। यस क्रममा, अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका लाखौं आप्रवासीहरूलाई लक्षित गर्दै, ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरी सामूहिक निर्वासन कार्यक्रम अघि बढाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top