×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकामा अश्वेत पुरुषको समर्थनमा जारी प्रदर्शन चर्कँदै, प्रहरीको गोली लागी दुईको मृत्यु

१० भाद्र २०७७

१० भदौ, एजेन्सी । अमेरिकाको केनोशा सहरमा प्रहरीको गोली लागेर घाइते भएका अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

प्रदर्शनकै क्रममा एक व्यक्तिले भिडमा पसेर अन्धाधुन्ध फायरिङ सुरु गरेपछि प्रहरीको तर्फबाट भएको फायरिङमा दुई जनाको ज्यान गएको हो । प्रहरीले भिडमा फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

विस्कन्सिन राज्यको केनोशा सहरमा गएको आइतबार दुई प्रहरी अधिकारीले २९ वर्षीय पुरुष ज्याकब ब्लेकलाई उनकै तीन बच्चाको अघि पटक–पटक गोली प्रहार गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले ब्लेकलाई किन गोली प्रहार गरेको भन्नेबारेमा अझै खुलाइएको छैन ।

यसैबीच एक व्यक्ति प्रदर्शनकारीको बीचमा पसेर फायरिङ गरिरहेको एक भिडियो भाइरल भइरहेको छ ।

ज्याकबको समर्थनमा र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै अमेरिकाको कैयौँ शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा कैयौँ व्यापारिक प्रतिष्ठान र गाडीमा आगजनी भएको छ ।
विस्कन्सिन राज्यका गभर्नर टोनी एभर्सले आपत्कालको घोषणा गर्नुभएको छ ।

केही महिना अघिमात्र अमेरिकाको मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको ज्यान गएपछि अश्वेत अमेरिकीमाथि प्रहरीको विभेदपूर्ण शैलीलाई लिएर अमेरिकाभर प्रदर्शन भएको थियो ।

प्रहरीले जर्ज फ्लोइडलाई नियन्त्रणमा लिने क्रममा घुँडाले लामो समयसम्म घाँटी थिच्दा उनको ज्यान गएको थियो ।

त्यो घटनापछि अमेरिकाभर ’ब्ल्याक लिभ्स म्याटर’ अभियान नै चलाएर अश्वेत नागरिकमाथि भइरहेको दमनको विरोध हुँदै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top