×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

४ पुस , काठमाण्डौ ।

अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । नर्थ क्यारोलाइना राज्यमा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । नर्थ क्यारोलाइना स्टेट हाइवे प्याट्रोलका अनुसार स्टेट्सभिल सहरबाट उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।

विमान मौसमका कारण पुन फर्किएर अवतरणको प्रयासमा रहँदा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफल, उनकी पत्नी क्रिस्टिना तथा दुई सन्तान राइडर र एम्माको मृत्यु भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन् ।

परिवारले जारी गरेको संयुक्त विज्ञप्तिमा यो दुर्घटनाले परिवारमा अकल्पनिय र गहिरो पिडा दिएको उल्लेख गरिएको छ । ग्रेग बिफल र उनको परिवारसँगै विमानमा थप तीन जना यात्रु पनि सवार थिए ।

उनीहरू डेनिस डटन, उनका छोरा ज्याक डटन तथा ‘नास्कार’ समुदायका लामो समयदेखि सक्रिय सदस्य क्रेग वाड्सवर्थ रहेको परिवारको विज्ञप्तिमा उल्लेख छ । यी सबै यात्रुहरू सेस्ना सि ५५० मोडेलको निजी जेटमा सवार थिए ।

इरेडेल काउन्टीका प्रमुख सहायक शेरिफ बिल ह्याम्बीले दिएको जानकारी अनुसार बिमान दुर्घटना स्थानिय समय अनुसार बिहान करिब १०ः१५ बजे भएको हो । विमानले उडान भरेको केही समयमै समस्या आएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी दिइएको छ।

नर्थ क्यारोलाइना राज्यका गभर्नर जोस स्टाइनले यो घटनालाई ‘हृदयविदारक’ भन्दै छानविन गर्ने बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार नर्थ क्यारोलाइनाको स्टेट्सभिल क्षेत्रीय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहीबार बिहान दुर्घटनाग्रस्त भएको हो।

संघीय उड्यन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरेका छन् । ५५ वर्षीय बिफलले करिब २० वर्षको करियरमा १९ वटा कप सिरिज जितेका थिए। उनले २०२२ मा टलाडेगामा भएको गेइको ५०० पछि अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए ।

सन् २०२३ मा बिफल नास्कारका ७५ महान चालकको सूचीमा परेका थिए। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र रनवेमा रहेको भग्नावशेष हटाएपछि मात्रै पुनः सञ्चालन खुल्ने अधिकारीहरूले जनाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top